Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

राष्ट्र बैंकले टकमरी गर्‍यो ३१ करोड थान सिक्का, नयाँ नोट नौ करोड थान


१४, वैशाख २०८१
  • 183
    SHARES
  • राष्ट्र बैंकले टकमरी गर्‍यो ३१ करोड थान सिक्का, नयाँ नोट नौ करोड थान

    काठमाडौं – नेपाल राष्ट्र बैंकले मुद्रा व्यवस्थापन अन्तर्गत ३१ करोड थान सिक्का टकमरी र नौ करोड थान नयाँ बैंक नोट छपाइ गरेको छ ।

    चालू छपाइ चक्रअन्तर्गत २० रुपैयाँ दरको नोट नौ करोड थान, १ रुपैयाँ दरको २३ करोड थान र २ रुपैयाँ दरका आठ करोड थान सिक्का टकमरी गरेको हो । टकमरी र छपाइ भएका मुद्रा आपूर्ति भइसकेको गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए ।

    अधिकारीका अनुसार केन्द्रीय बैंकले नोट छपाइ चक्र अन्तर्गत नै अब ५, १० र १०० दरका बैंकनोट छपाइ प्रक्रिया अघि बढाएको छ । 

    विद्यमान मुद्रा व्यवस्थापन पद्धतिलाई क्रमशः आधुनिकीकरण तथा यान्त्रिकीकरण गर्दै जाने लक्ष्य बमोजिम झुत्रा नोट धुलाइ गरी ब्रिकेट बनाउने आठ थान मेसिन खरिद गरिएको पनि गभर्नर अधिकारीले बताए ।

    राष्ट्र बैंकले झुत्रा नोटबाट ब्रिकेट बनाउने मेसिन थापाथलीस्थित निर्माणाधीन भवन तथा प्रदेशस्थित कार्यालयहरूमा जडान गरिसकेको छ । नोट पेलेर ती मेसिनले बनाउने ब्रिकेट बिक्री गर्ने व्यवस्था समेत मिलाइएको गभर्नर अधिकारीले जानकारी दिए ।

    पछिल्लो लटमा थप गुणस्तरीय बैंक नोट छाप्न सुरक्षण विशेषता तथा नोटमा प्रयोग हुने सबैजसो प्राविधिक स्पेसिफिकेसनलाई निरन्तरता दिइएको पनि गभर्नरले जनाए ।

    राष्ट्र बैंकले हाल आठ स्थानमा रहेका नोटकोष र वाणिज्य बैंकमा रहेका ७२ वटा नोटकोषमार्फत बैंक/वित्तीय संस्था, सहकारी र सरकारी निकाय तथा सर्वसाधारणलाई आवश्यक पर्ने मुद्राको सहज आपूर्ति गर्दै आएको जनाएको छ ।

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend