Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

काठमाडौं महानगरको एक महिने ‘सीप मेला’ भोलिदेखि


१८, वैशाख २०८१
  • 156
    SHARES
  • काठमाडौं महानगरको एक महिने ‘सीप मेला’ भोलिदेखि

    काठमाडौं– शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग र श्रमलाई उत्पादनसँग जोड्ने मुख्य उदेश्यका साथ काठमाडौं महानगरपालिकाले भोलिदेखि ‘सीप मेला’ आयोजना गर्ने भएको छ । 

    महानगरले भोलि बुधबारदेखि टुँडिखेलमा एक महिना उक्त मेला गर्ने भएको हो । 

    एक महिनामा २ हजार ८१ जनालाई उच्च माग भएका पेशासँग सम्बन्धित निःशुल्क तालिम उपलब्ध गराउने भएको हो । यसरी तालिम प्राप्त सबैलाई रोजगार, स्वरोजगार तथा ओजेटी (अन द जब ट्रेनिङ) को सुनिश्चित गर्ने भएको छ । 

    रोजगारदाता सरकारी, गैरसरकारी, निजी, उद्योग तथा वाणिज्य क्षेत्र, दात्रु निकाय, शैक्षिक क्षेत्र र तालिम प्रदायक संघसंस्था , सामाजिक क्षेत्र सबैले सहकार्य गर्नेछन् ।

    बजारमा सीपयुक्त जनशक्तिको अभाव छ । अर्को युवाहरूमा योग्यता अनुसार रोजगार नपाएको गुनासो छ । रोजगारदाताको आवश्यकता अनुसार सीपमेला को आयोजना हुने भएको हो । 

    सीप विकासका लागि महानगरले सामुदायिक विद्यालयको कक्षा ९ र १० मा ‘पुस्तकरहित शुक्रबार’ कार्यक्रमअन्तर्गत तालिम सञ्चालन भएको छ । अर्को ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ कार्यक्रमका लागि ३४ भन्दा धेरै तालिम छन् ।

    त्यस्तै साइबर सेक्युरिटीमा चार हजारलाई तालिम दिइदैछ । यी सबै कार्यक्रमबाट उत्पादन भएका जनशक्तिलाई रोजगारदाताहरुसँग सम्पर्क गराउने सीपमेलाको मुख्य उद्देश्य हो । 

    मेलामा अटो मोबाइल, निर्माण, हस्पिटालिटी एण्ड म्यानेजमेन्ट, सूचना प्रविधि, मेकानिकल, आर्ट एण्ड कल्चरल, गार्मेन्टस्, ब्युटिसियन, डिजाइनिङ र पुरोहितसँम्बन्धी विधामा प्रशिक्षण हुनेछ ।

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend