काठमाण्डाै – नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य निर्धारण गरेको छ ।
वैशाख २४ गतेदेखि लागू हुने नयाँ मूल्यअनुसार मध्यम (मिडियम) अण्डा प्रतिक्रेट ३५० रुपैयाँ पर्ने संघले जनाएको छ ।
यस्तै ठूलो अण्डा प्रतिक्रेट ३९५ रुपैयाँ र एक्सएल अण्डा प्रतिक्रेट ४१० रुपैयाँ निर्धारण गरिएको छ ।
यसअघि मिडियम अण्डाको मूल्य प्रतिक्रेट ३७५, ठूलो अण्डा प्रतिक्रेट ३५० र एक्सएल अण्डा प्रतिक्रेट ४५० रुपैयाँ रहेको थियो ।
संघको आइतवार बसेको बैठकले चितवनलाई आधार मानेर २०८१ वैशाख २४ गतेदेखि लागू हुने गरी अण्डाको समर्थन बिक्री मूल्य निर्धारण गरेको सचिव मदनचिरञ्जीवी पोखरेलले जानकारी दिए ।
उनका अनुसार भौतिक र भर्चुअल रुपमा भएको बैठकमा अण्डाको उत्पादन र बजार अवस्थाका बारेमा गम्भीर छलफल भएको थियो ।