Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

शेयर बजार दाेहाेराे अङ्कले बढ्याे, ३ अर्ब ४० कराेड रुपैयाँकाे काराेबार


३१, वैशाख २०८१
  • 141
    SHARES
  • शेयर बजार दाेहाेराे अङ्कले बढ्याे, ३ अर्ब ४० कराेड रुपैयाँकाे काराेबार

    काठमाण्डाै – शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २४ दशमलव ३९ अङ्कले बढेर एक हजार नौ सय ९८ दशमलव ८९ विन्दुमा पुगेको छ ।

    आज फाइनान्स, होटल, उत्पादन, निर्जीवन र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा जीवन बीमा, बैंकिङ, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

    आज नारायणी विकास बैंक, समाज लघुवित्त र मान्डु हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । दोहोरो अङ्कले बजार बढेको दिन सीवाईसी नेपाल लघुवित्त कम्पनीको शेयर भने साढे पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।

    आज तीन सय २० वटा कम्पनीका ९५ लाख ४१ हजार कित्ता शेयर तीन अर्ब ४० करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल रिइन्सुरेन्स कम्पनी लिमिटेड (प्रोमोटर) को ३० करोड रुपैयाँ बराबरको शेयर खरिद/बिक्री भयो ।

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend