Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

लागू औषध कारोवार गर्ने ५ जना विदेशी सहित १२ जना पक्राउ


८, असार २०८०
  • 110
    SHARES
  • लागू औषध कारोवार गर्ने ५ जना विदेशी सहित १२ जना पक्राउ

    काठमाण्डौं । नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्यूरोले अवैध लागू औषध कारोवार गर्ने ५ जना विदेशी सहित १२ जनालाई पक्राउ गरेको छ । व्युरोले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जेष्ठ २८ देखि असार ७ गतेसम्म गरिएको अपरेशनका क्रममा लागू औषध कारोवार गर्ने ५ जना विदेशी सहित १२ जनालाई पक्राउ गरेको जानकारी दिएको हो । 

    व्युरोले गत जेष्ठ २८ गते काठमाडौको सिनामंगलमा भारत घर भएका हेमन्त कुमार भगतलाई खैरो हिरोइन १०० ग्राम सहित नियन्त्रणमा लिने क्रममा प्रहरी माथि आक्रमण गरि पेस्तोल खोस्ने प्रयास गरेकाले जवाफ कारवाही गर्दा बायाँ खुट्टामा गोली लागी उपचार भइरहेको र उनीसंग सोधपुछ गर्दा भारत घर भइ धरान बस्ने राम भजन भन्ने शंजिव कुमारको समेत संलग्नता देखिएकाले उनलाइ पक्राउ गरिएको जनाएको छ ।

    त्यस्तै करिव ७ किलो लागू औषध चरेश सहित एक जना जर्मन नागरिकलाई इस्तानबुल जान लागेको अवस्थामा त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको व्युरोका प्रवक्ता प्रहरी उपरिक्षक चक्रराज जोशीले जानकारी दिए । उनले विशेष अपरेशनका क्रममा १० हजार १ सय ३० पिस एलएसडी स्टीकर सहित ५ लाई पक्राउ गरिएको बताए ।

    ठमेल सातघुम्तीबाट काठमाडौं चन्द्रागिरी घर भएका सुगम मैनालीलाई ७ पिस एलएसडी सहित पक्राउ गरेपछि थप अनुसन्धान गर्दै जाँदा अन्य व्यक्तिहरुलाई पनि पक्राउ गरिएको जोशीले जानकारी दिए । उनले कागजमा टास्ने स्टीकरको स्वरुपमा एलएसडी बरामद गरिएको पनि बताए ।

    त्यस्तै अनुसन्धानका क्रममा अवैध लागू औषध सहित बिभिन्न तीन जनालाई पक्राउ गरिएको व्युरोले जनाएको छ । पक्राउ परेकाहरुबाट बरामद अवैध लागू औषधको अवैध बजार मूल्य २ करोड ३३ लाख भन्दा बढि रहेको पनि व्युरोले जानकारी दिएको छ । 

     

  • एसपीलाई धम्क्याउने नेता अशोक यादव पक्राउ

    काठमाडौं । नेकपाका नेता अशोक यादव पक्राउ परेका छन् । मधेश प्रदेशका डीआईजी ओम अधिकारीले यादवलाई

  • सोलुखुम्बुमा हजुरबुबाको ह-त्या गरेको आरोपमा नाति प्रहरीकाे नियन्त्रणमा

    काठमाडौं ।प्रहरीले आफ्नै हजुरबुबाको हत्या गरेको आरोपमा २३ वर्षीय नातिलाई पक्राउ गरेको छ । सोलुखुम्बुमा ५०

  • प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ

    काठमाडौं - ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend