Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

नेप्से परिसूचकमा वृद्धि, कारोबार रकम उच्च


७, जेठ २०८१
  • 191
    SHARES
  • नेप्से परिसूचकमा वृद्धि, कारोबार रकम उच्च

    काठमाडौँ । यो साता कारोबारको लगातार दोस्रो दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ भने पछिल्लो चार महिनायताकै उच्च रकम कारोबार भएको छ ।

    आइतबार नेप्से परिसूचक ४५ दशमलव ६९ अङ्कले बढेकामा आज २७ दशमलव ५४ अङ्कले बढेर दुई हजार ९२ को बिन्दुमा कायम भएको छ ।

    आज तीन सय १५ कम्पनीको एक करोड ४३ लाख ७० हजार छ सय ८९ कित्ता शेयर ८० हजार नौ सय ८२ पटक खरिद बिक्री हुँदा रु पाँच अर्ब ८५ करोड ४३ लाख ५४ हजार दुई सय १२ बराबरको कारोबार भएको छ ।

    यो कारोबार रकम गत पुस २७ गते यताकै उच्च हो । आजको कारोबारपछि कूल बजार पुँजीकरण रु ३३ खर्ब १७ अर्ब २९ करोड ६५ लाख ८० हजार हाराहारी पुगेको छ ।

    आजको कारोबारमा वित्त समूह शून्य दशमलव ५७, जीवन बीमा समूह शून्य दशमलव ०८, उत्पादन तथा प्रशोधन शून्य दशमलव ५२, लघुवित्त शून्य दशमलव ६५ र अन्य समूहको उपसूचक शून्य दशमलव ५० प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।

    सबैभन्दा धेरै बैंकिङ समूहको उपसूचक चार दशमलव १८ प्रतिशतले बढेको छ । त्यस्तै विकास बैंक शून्य दशमलव ४२, होटल तथा पर्यटन शून्य दशमलव ३९, जलविद्युत् एक दशमलव ३८, लगानी एक दशमलव ८४, म्युचुअल फन्ड एक दशमलव २४, व्यापार दुई दशमलव २३ र अन्य समूह शून्य दशमलव ५२ प्रतिशतले बढेको छ ।

    सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड, भगवती हाइड्रोपावर डेभपलमेन्ट कम्पनी लिमिटेड र नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

    सबैभन्दा धेरै घट्नेमा भने उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सात दशमलव ४० र सृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य छ दशमलव ३५ प्रतिशतले घटेको छ ।

    कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै पोखरा फाइनान्स लिमिटेड रु १९ करोड ९२ लाख ९९ हजार आठ सय २४ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने कुमारी बैंक लिमिटेडको चार लाख ४३ हजार ५८ कित्ता शेयर खरिद बिक्री भएको छ ।

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend