Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

बुद्ध पूर्णिमा : लुम्बिनीमा दर्शनार्थीको घुइँचो, व्यवस्थापन गर्न हम्मेहम्मे


११, जेठ २०८१
  • 175
    SHARES
  • बुद्ध पूर्णिमा : लुम्बिनीमा दर्शनार्थीको घुइँचो, व्यवस्थापन गर्न हम्मेहम्मे

    रुपन्देही । २५६८औँ बुद्ध जयन्तीका अवसरमा लुम्बिनीका विभिन्न गुम्बा र मायादेवी मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको थियो ।

    बिहीबार दिनभर सङ्ख्या कम रहे पनि साँझ ७ बजेपछि हजारौँको सङ्ख्यामा दर्शनार्थी आएपछि व्यवस्थापनमा कमी देखिएको जनाइएको छ ।

    बिहीबार साँझ ७ बजेपछि भीड नियन्त्रण गर्न केही बेर मायादेवी मन्दिरको मूलद्वार नै बन्द गर्नुपरेको थियो । दर्शनार्थीको भीड मूलद्वारदेखि बेबी बुद्धसम्म पुगेको थियो । पवित्र उद्यानमा पनि ठाउँ नभएपछि विकास कोषले भित्र रहेका दर्शनार्थी बाहिर गएपछि मात्र मूलद्वारसँगै पश्चिमी द्वार खोलेको थियो ।

    भीडका कारण लुम्बिनी विकास कोषको ३ नम्बर प्रवेशद्वार र ४ नम्बर द्वारमा जाम लागेको थियो । कोष बाहिर पनि निर्माणाधीन पुलको कारण जाम लागेर दर्शनार्थीले सास्ती खेप्नुपरेको थियो ।

    लुम्बिनी विकास कोषका सूचना अधिकृत हरिध्वज राईका अनुसार बुद्ध पूर्णिमाको दिन मात्र ५० हजारभन्दा बढीले मायादेवी मन्दिरको अवलोकन गरेका छन ।

    “यो सङ्ख्या अझै बढ्ने सम्भावना थियो, तर भारतमा भएको लोकसभाको निर्वाचनको कारण भारतीय दर्शनार्थी धेरै आउन सक्नुभएन”, राईले भने, “अहिलेको चाप हेर्दा पनि भविष्यमा यसलाई व्यवस्थापन गर्ने गरी कोषले योजना बनाउन आवश्यक रहेको छ ।”

    उनले पूर्णिणाको दिन दर्शनार्थीको घुइँचो देखेर उत्साहित बनाएको बताए । थोरै विदेशी पर्यटक रहे पनि ९५ प्रतिशत बढी अवलोकनकर्ता नेपाली नै रहेको राईले जानकारी दिए ।

    परिवारसहित लुम्बिनीमा आएका भैरहवाका पर्यटन व्यवसायी सञ्जय बजिमयले भीडका कारण पर्यटन व्यवसायीलाई खुसी बनाएको बताए ।

    उनले भैरहवास्थित गौतमबुद्ध विमानस्थल नियमित सञ्चालन गरी अन्तरआबद्धता बढाउन सके यो क्षेत्रको पर्यटन सधैँ यस्तै गुल्जार हुनसक्ने बताए ।

    गत वर्षसम्म मन्दिर परिसरमै दीप प्रज्ज्वलन गर्ने गरिएको थियो । तर यस वर्षदेखि भने कोषले बगैँचाबाहिर शेड बनाई दियो बाल्ने व्यवस्थापन गरेको छ । मायादेवी मन्दिरलाई विद्युतीय बत्तीले सजाइएको थियो ।

    यसले पनि पर्यटकलाई मोहित बनाएको थियो । गौतमबुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाणको वैशाख पूर्णिममा त्रिसंयोगको रुपमा बुद्ध जयन्ती मनाउने गरिएको छ ।

  • नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको निधन

    काठमाण्डौ । नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको गएराति निधन भएको छ । उहाँको ९१ वर्षको

  • तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने

    तनहुँ । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती गृहजिल्लामा विविध कार्यक्रमसहित मनाइने भएको

  • समय बदलिन समय नै लाग्दैन - कल्याण गुरुङ

    हे प्रिय आत्मीयहरू, सम्बन्धहरू कहिल्यै ठूला-ठूला भाषणले टुट्दैनन्, टुट्छन् त साना अहंकार, झिनो जिद्दी र मौनताको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend