Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

नेपालको वैदेशिक व्यापार खस्कँदो अवस्थामा


१३, जेठ २०८१
  • 192
    SHARES
  • नेपालको वैदेशिक व्यापार खस्कँदो अवस्थामा

    काठमाडौँ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालको वैदेशिक व्यापार निरन्तर खस्कँदो अवस्थामा छ ।

    चालू आर्थिक वर्ष २०८०/८१ को साउनदेखि वैशाख महिनासम्मको अवधिमा आयात २.३९ प्रतिशत र निर्यात ३.६१ प्रतिशतले खुम्चिएको छ ।

    आर्थिक वर्ष २०७८/७९ मा कीर्तिमानी १९ खर्ब २० अर्बको वस्तु भित्रिएको थियो । त्यसयता निरन्तर आयात खुम्चँदो छ । सो आर्थिक वर्षमा नेपालको आयात २४.७२ प्रतिशतले बढेको थियो । यस्तै निर्यात ४१.७४ प्रतिशतले बढेर २ खर्बमाथि पुगेको थियो ।

    त्यसयता आर्थिक वर्ष २०७९/८० मा आयात १६.०८ प्रतिशतले खुम्चियो । उक्त आर्थिक वर्षमा नेपालको आयात १९ खर्ब २० अर्बबाट खुम्चिएर १६ खर्ब ११ अर्ब रुपैयाँमा आइपुगेको थियो । यो पनि नेपालको स्वाभाविक आयातको तुलनामा अत्यधिक नै थियो ।

    सर्वाधिक वस्तु आयातको कीर्तिमानी अवस्थाबाट निरन्तर घट्दो अवस्थामा रहेको आयात चालू वर्षमा पनि घटिरहेको छ । चालू वर्षको १० महिनाको अवधिसम्ममा २.३९ प्रतिशतले आयात खुम्चिएको छ । यस अवधिसम्ममा १३ खर्ब ३ अर्बको आयात भएको छ ।

    समग्र आयात घटेपछि व्यापारिक नाकाबाट हुने आयात स्वभाविक रुपमा घट्ने नै भयो । सबैभन्दा ठूलो व्यापारिक नाकाकारुपमा लिइने वीरगन्जबाट समेत आयात उल्लेख्य रूपमा घटेको छ । यो नाकाबाट अघिल्लो वर्षको १० महिनाको तुलनामा ४७ अर्ब ३४ करोडले आयात घटेको छ ।

    यसबाहेक देशका सबैजसो व्यापारिक नाकाबाट आयात खुम्चेको छ । विराटनगर नाकाबाट १७ अर्ब ६९ करोडले आयात खुम्चेको छ । गत वर्षको १० महिनाको अवधिमा यो नाकाबाट १ खर्ब ५६ अर्ब ३८ करोड रुपैयाँको आयात भएको थियो । जुन, यो वर्षको सोही अवधिमा १ खर्ब ३८ अर्ब ६९ करोड रुपैयाँको मात्रै आयात भएको छ ।

    यस्तै भैरहवा नाकाबाट हुने आयात २ अर्ब ४ करोडले खुम्चेको छ । गत आर्थिक वर्षको १० महिनामा १ खर्ब ९८ अर्ब ८५ करोड रुपैयाँको आयात भएकोमा चालू वर्षको सोही अवधिमा १ खर्ब ९६ अर्ब ८१ करोड रुपैयाँको आयात भएको तथ्याङ्क विभागले सार्वजनिक गरेको छ ।

    चालू वर्षको १० महिनासम्मको अवधिमा वैदेशिक व्यापारमा कूल २९ वटा नाकाको प्रयोग भएको छ । यसमध्ये मुख्य व्यापारिक नाका अर्थात खर्बभन्दा बढीको आयात हुने नाकाबाट गत आर्थिक वर्ष र चालू वर्षको १० महिनाको अवधिको आयात तुलना गरिएको छ ।

    यी ५ नाकाबाट यस अवधिमा साढे ११ खर्ब रुपैयाँ बराबरको आयात  भएको छ । अन्य २४ नाकाबाट झन्डै डेढ खर्ब रुपैयाँको मात्रै आयात हुने गरेको छ ।

    कुन नाकाको आयात घट्यो ?

    यी मुख्य नाकामध्ये सुख्खा बन्दरगाह बाहेक सबैजसो भन्सारबाट हुने आयातमा उल्लेख्य गिरावट देखिएको छ । सुख्खा बन्दरगाहबाट हुने आयात भने ५ अर्बले बढेको छ ।

    अघिल्ला आर्थिक वर्षको १० महिनामा १ खर्ब ६७ अर्ब रुपैयाँको आयात भएकोमा चालू वर्षको सोही अवधिमा १ खर्ब ७२ अर्बको आयात भएको हो ।

    यसबाहेक सबैजसो भन्सारको आयात घटेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयको आयात १४ अर्बले खुम्चिएको छ ।

    वीरगञ्जको आयात ४५ अर्बले घट्दा विराटनगरबाट हुने आयात १८ अर्बले घटेको छ । यस्तै भैरहवा भन्सार कार्यालयबाट हुने आयात २ अर्बले घटेको तथ्याङ्क छ ।

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend