काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले विद्युत् उत्पादन क्षमता बढेको बताएका छन् ।
मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको आज १६ वर्ष पुगेको स्मरण गर्दै उनले विद्युत् उत्पादन बढेको बताएका हुन् ।
लोकतान्त्रिक गणतन्त्रपछि विद्युत् उत्पादन सात सय मेगावाटबाट बढेर तीन हजार ६० मेगावाट पुगेको उनले बताए ।
संघीय संसदको संयुक्त बैठकमा बोल्दै अर्थमन्त्री पुनले कुल गार्हस्थ्य उत्पादन लगायत सामाजिक तथा आर्थिक विकासमा देशले फड्को मारेको बताए।