Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

आगामी १० वर्षमा ३० खर्बको प्रविधि निर्यात गर्ने लक्ष्य, १५ लाखलाई रोजगारी


१५, जेठ २०८१
  • 212
    SHARES
  • आगामी १० वर्षमा ३० खर्बको प्रविधि निर्यात गर्ने लक्ष्य, १५ लाखलाई रोजगारी

    काठमाडौँ । सरकारले आगामी १० वर्षमा ३० खर्बको सूचना प्रविधि निर्यात गर्ने लक्ष्य तय गरेको छ ।

    आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले ५ लाख प्रत्यक्ष र १० लाख अप्रत्यक्ष रोजगारी सृजना गर्ने लक्ष्यसहित ३० खर्बको प्रविधि निर्यात गर्ने लक्ष्य तय गरेको हो ।

    यस क्रममा अर्थमन्त्रीले आगामी दशकलाई  ‘सूचना प्रविधिको दशक’ प्रस्थान वर्षका रूपमा अघि बढाउने समेत बताए ।

    सूचना प्रविधिलाई अर्थतन्त्रको मेरुदण्डका रूपमा अघि बढाउने, डाटा सेन्टर स्थापना, बौद्धिक सम्पत्ति सुरक्षा लगायतका योजना समेत सरकारले योजना बनाएको छ । यी आयोजनाका लागि अर्थमन्त्रीले ५९ करोड विनियोजन भएको छ ।

    काठमाडौँ उपत्यका र बुटवलमा उपलब्ध सरकारी र निजी भवन समेत प्रयोग गरेर सूचना प्रविधि पार्क स्थापना गर्ने योजना सरकारको छ । यस्ता पार्कमा ३ वर्षका लागि वर्क हब बनाउने योजना सरकारको छ ।

    ललितपुरको खुमलटारमा ज्ञान पार्क स्थापना गर्न १७ करोड विनियोजन भएको छ । विद्युतीय तथ्याङ्कको भण्डारण तथ्याङ्क भरपर्दो बनाइएको छ । सूचना प्रविधि क्षेत्रमा पढिरहेका युवालाई इन्टर्नको व्यवस्था गरिने छ ।

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend