Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

बजेटमा विगत वर्षजस्तो शंका गर्नुपर्ने अवस्था छैन् : पूर्व गभर्नर क्षेत्री


१६, जेठ २०८१
  • 190
    SHARES
  • बजेटमा विगत वर्षजस्तो शंका गर्नुपर्ने अवस्था छैन् : पूर्व गभर्नर क्षेत्री

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड बजेट ल्याएको छ ।

    अर्थमन्त्री वर्षमान पुनले हिजो संघीय संसद्अन्तर्गत दुवै सदनको संयुक्त बैठकमा पेश गरेको बजेटलाई लिएर प्रशंसा र आलोचना दुवै भइरहेको छ ।

    बजेटलाई केहीले चमत्कारिक भनेका छन् भने धेरैले जनतामा भरोसा र विश्वास जगाउन नसकेको भनी टिप्पणी गरेका छन् । यसैबीच अगामी आर्थिक वर्षका लागि सार्वजनिक गरिएको बजेटलाई लिएर रिपोर्टर्स क्लब नेपालले अर्थविद्हरुसँग साक्षात्कार कार्यक्रम गरेको छ ।

    साक्षात्कार कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर एवं राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दिपेन्द्र बहादुर क्षेत्रीले बाहिर बजारमा हल्ला आएको भन्दा कम आकारको बजेट आएको बताए । त्यस्तै, यसपटकको बजेटमा प्रधानमन्त्रीले महत्वकांक्षी परियोजनासमेत घुसाउने धेरैले अनुमान गरेको भएपनि त्यसबाट पनि बजेट जोगिएको बताए ।

    उनले भने आर्थिक वर्ष २०८१/०८२ का लागि आएको बजेट सन्तुलित रहेको बताए । उनले राजश्वको लक्ष्यसमेत चालु आर्थिक वर्षको भन्दा कम रहनु राम्रो पक्षको रुपमा चित्रण गरे । ‘हामीलाई बजारमा के भनिएको थियो भने, यसपटकको बजेट साढे १९ खर्बभन्दा घटीको आउँदैन ।

    प्रधानमन्त्रीले महत्वकांक्षी परियोजनाहरु ल्याउनु भएको छ भनिएको थियो । जस्तो, भरतपुरमा क्रिकेट मैदान आधुनिक बन्छ भनिएको थियो ।’ उनले भने, ‘पहिले अध्ययन नगरिएको, प्रोजेक्ट बैंकिङअन्तर्गत नपरेका परियोजनाहरु पनि त्यसमा छिर्न थाले भने त सामान्य किसिमको बजेट तर्जुमाले त भ्याउँदैन होला भन्ने थियो ।

    तर, बजेट आउँदाखेरी १८ खर्ब ६० अर्ब ३० करोड आयो । त्यो प्राज्ञिक रुपले अर्थतन्त्रको क्षेत्रमा काम गर्ने र विकास निर्माणमा चासो राख्नेहरुले बजेट त सन्तुलित नै देखियो भन्ने कुराहरु ल्याइराखेका छन् ।’

    साथै, ऋण सही ठाउँमा उपयोग हुनुपर्ने उनले बताए । सही ठाउँमा ऋण प्रयोग नभएको खण्डमा आगामी दिनमा अर्थतन्त्रमा असर देखिने उनको भनाइ छ । राष्ट्रिय योजना आयोजका पूर्वउपाध्यक्ष समेत रहेका क्षेत्रीले बजेटमा आन्तरिक ऋणको अवस्था भने डरलाग्दो रहेको बताए ।

    उनले आन्तरिक ऋणलाई सरकारले आयको स्रोतका रुपमा उपयोग गर्दाको असर निजी क्षेत्रको लगानीका देखिने बताए । अहिले बैंकिङ सेक्टरमा करिब ६ खर्ब लगानीयोग्य रकम रहेको तथ्याङ्क प्रस्तुत गर्दैै उनले सरकारले आन्तरिक ऋणलाई पनि सही ढंगले परिचालन गर्न सक्नुपर्ने बताए ।

    ‘ऋण लिएर त्यसलाई सदुपयोग नगर्ने हो भने डराउन पर्ने हुन्छ । अन्तरिक स्रोतबाट करिब २ खर्ब ५० अर्ब ऋण लिन्छौं भनिएको छ । त्यसको एउटा जोखिम के हुन्छ भने बैंकहरुमा भएको पैसाले नै त्यो ऋण लिने हो ।’ उनले भने, ‘त्यो पैसा बैंकबाट सरकारले लिइदियो बैंकहरुले निजी क्षेत्रलाई कर्जा दिन नसक्ने परिस्थिति आउँछ कि भन्ने हो । तर, तत्कालका लागि ६ खर्बजस्तो बैंकिङ सेक्टरमा लगानी योग्य रकम छ भनिराखिएकाले सरकारले सस्तोमा ऋण प्राप्त गर्ने मौका लिएको हो कि भन्नेजस्तो पनि लाग्छ ।’

    साथै, रोजगारी अभिवृद्धिका केही नयाँ कार्यक्रमसमेत बजेटमा समावेश गरिएको भन्दै उनले प्रशंसा गरे । यस्ता प्रकारका कार्यक्रमले युवाहरुमा अनुभव प्रदान गर्ने र काम गर्नका निमित्त उनीहरुलाई तयार पार्ने उनको विश्वास छ । सरकारले अहिले औषधी प्रयोजनको निमित्त गाँजा खेतीका बारेमा पनि बजेट समावेश गर्नुलाई उनले सकारात्मक रुपमा लिए । त्यहाँबाट केही राजश्व र रोजगारी दुवै वृद्धि हुने उनको विश्वास छ ।

    दुरुपयोग हुने कुरामा भने सरकार सचेत हुन आवश्यक रहेको उनले बताए । साथै, स्थानीय मदिरा ब्राण्डिङ गर्ने कुरा पनि राम्रो पक्ष रहेको उनले बताए । उनले पर्यटक भित्र्याउने कुरामा पनि सरकारले विशेष ख्याल पुर्याउन पर्ने बताए । गाँजालाई विदेशीहरुले नार्कोटिक ड्रग्सको रुपमा परिभाषित गरेर प्रतिबन्ध लगाउन भनेको उनले स्मरण गराए । अरु देशहरुमा प्रतिबन्ध लागएर तिनै देशहरुले भने गाँजाको व्यवस्थित खेती गरेकाले नेपाल सरकारले पनि यसको सुरुवात गर्नु राम्रो हुने उनको भनाइ छ ।

    उनले सरकारले नेपाल वायु सेवा निगमलाई अभिभावकीय भूमिका प्रदान गर्नुपर्ने र भ्रष्टाचारलाई निर्ममता पूर्वक कन्ट्रोल गर्नुपर्ने उनले बताए । त्यस्तै, नेपालमा बढीभन्दा बढी पर्यटकहरु भित्र्याएर अर्थतन्त्र चलायमान गराउन सकिने पनि उनले बताए । राजनीतिक स्थिरता कायम हुन सक्योभने बजेटमा विगतका वर्षका जस्तो शंका गर्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend