Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

सशस्त्रले सुनसरीबाट बरामद गर्यो स्रोत नखुलेको १ करोड १ लाख


२०, जेठ २०८१
  • 205
    SHARES
  • सशस्त्रले सुनसरीबाट बरामद गर्यो स्रोत नखुलेको १ करोड १ लाख

    सुनसरी - सुनसरीबाट १ करोड १ लाख रुपैयाँ बरामद भएको छ । सशस्त्र प्रहरी शनिबार राति उक्त रकम बरामद गरेको हो ।

    सुनसरीको हरिनगर गाउँपालिका- ५ दुर्गा मन्दिरस्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बसन्तपुरको चेकप्वाइन्ट टोलीले उक्त रकम बरामद गरेको हो ।

    घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको बा १६ च ७६१३ नम्बरको कारलाई शंका लागि जाँच गर्दा कारभित्र बोरामा लुकाइछिपाइ राखेको सो रकम बरामद भएको सशस्त्र प्रहरीका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

    बरामद भएको रकममा १ हजार दरको नोट ९ हजार ७ सय थान (९७ लाख) र ५ सय दरको ८ सय थान (४ लाख) रहेको थापाले जानकारी दिए ।

    रकमसँगै कार र चालक सुनसरी जिल्ला हरिनगर गाँउपालिका- ५ बस्ने अन्दाजी ३७ वर्षीय ईसा अन्सारीलाई समेत नियन्त्रणमा लिइएको थापाले जानकारी दिए ।

    प्रारम्भिक सोधपुछमा उनले सो रकमको स्रोत खुलाउन नसकेको थापाको भनाइ छ । नगद रकम, कार र चालकलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि रजाश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइने थापाको भनाइ छ ।

  • एसपीलाई धम्क्याउने नेता अशोक यादव पक्राउ

    काठमाडौं । नेकपाका नेता अशोक यादव पक्राउ परेका छन् । मधेश प्रदेशका डीआईजी ओम अधिकारीले यादवलाई

  • सोलुखुम्बुमा हजुरबुबाको ह-त्या गरेको आरोपमा नाति प्रहरीकाे नियन्त्रणमा

    काठमाडौं ।प्रहरीले आफ्नै हजुरबुबाको हत्या गरेको आरोपमा २३ वर्षीय नातिलाई पक्राउ गरेको छ । सोलुखुम्बुमा ५०

  • प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ

    काठमाडौं - ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend