Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

किम्फ सकियो, २२ देशका ६० चलचित्र प्रदर्शन


२१, जेठ २०८१
  • 177
    SHARES
  • किम्फ सकियो, २२ देशका ६० चलचित्र प्रदर्शन

    काठमाण्डौ –  ‘२१ औँ काठमाण्डौ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ)’ सकिएको छ ।

    इटालियन निर्देशक ब्रान्डो क्विलिची निर्देशित ‘द टाइगर्स नेस्ट’ को एसिया प्रदर्शनी (प्रिमियर) सँगै शुरु भएको महोत्सवमा २२ देशका ६० चलचित्र प्रदर्शन गरिएको किम्फका अध्यक्ष रम्यता लिम्बूले जानकारी दिनुभयो ।

    महोत्सवमा ‘नेपाली पानारोमा’अन्तर्गत चलचित्रतर्फ विशेष उल्लेख (स्पेसल मेन्सन्स) मा ‘द मोङ्क एन्ड द रेबेल’ र ‘हावाम्यान’ तथा नियमिततर्फ ‘दुविधा’ र ‘नेपाली फिक्सन’ विजेता घोषित भए । यस्तै, वृतचित्रतर्फ विशेष उल्लेखमा ‘रोङफामु’ र ‘वाग्गिङ टेल’ तथा नियमिततर्फ ‘धेय ड्रिम्स’विजेता घोषित भए ।

    यस्तै, ‘इन्टरनेसनल सर्ट फिक्सन’ अन्तर्गत विशेष उल्लेखमा ‘नथिङ ग्रोज अन्डर द पाइन ट्रि’ र ‘स्प्लिट इन्ड्स’ तथा नियमिततर्फ ‘एड्जस्टेमन्ट’ विजेता घोषित भए ।

    ‘इन्टरनेसनल फिचर फिक्सन’ अन्तर्गत ‘अ चाइल्डलेस भिल्लेज’, ‘इन्टरनेसनल सर्ट डकुमेन्ट्री’अन्तर्गत विशेष उल्लेखमा ‘इटर्नल फ्लेम’ र ‘फरवार्ड’ तथा नियमिततर्फ ‘क्लाइम्बिङ फर गोल्ड’ विजेता घोषित भए ।

    ‘फिचर डकुमेन्ट्री’तर्फ विशेष उल्लेखमा ‘इन टु द हार्ट अफ माउन्टेन’, ‘यम्नुस्का : द र्‍याग्ड एज’, ‘क्विनडम’ र ‘अगेन्स्ट द टाइड’ सँगै नियमिततर्फ ‘रिओ रोजो’ विजेता घोषित हुँदा ‘अडियन्स च्वाइस अवार्ड’ भने ‘म अलप हुन चाहन्छु’ ले जित्न सफल रह्यो ।

    अन्तर्राष्ट्रिय विधामा सर्वोत्कृष्ट ‘फिचर वृत्तचित्र’ लाई एक हजार पाँच सय अमेरिकी डलर, उत्कृष्ट लघु वृत्तचित्रलाई एक हजार डलर, उत्कृष्ट ‘फिचर कथानक’लाई एक हजार पाँच सय डलर र उत्कृष्ट लघु कथानकलाई एक हजार डलर पुरस्कार प्रदान गरियो ।

    ‘नेपाल पानोरमा’ अन्तर्गत सर्वाेत्कृष्ट वृत्तचित्र र उत्कृष्ट कथानक चलचित्रलाई एक लाख रुपैयाँ प्रदान गरियो । दर्शकको भोट पाउने वृत्तचित्रले एक लाख रुपैयाँ पुरस्कार राशि रहेको ‘अडियन्स च्वाइस अवार्ड’ प्राप्त गर्‍यो ।

    निर्देशक र निर्माता डिना मुफ्ती (बेलायत), मानवशास्त्री सुरेश ढकाल (नेपाल), चलचित्र सम्पादक रेजिना बर्तस्की (स्वीट्जरल्यान्ड) निर्णायक मण्डलको रुपमा रहनुभएको महोत्सवमा ‘माउन्टेन्स म्याटर : अ कल फ्रम द हिमालयज’ र  ‘वुमेन बिहाइन्ड द क्यामेरा’ शीर्षकमा सामूहिक छलफलको आयोजना गरिएको थियो ।

    महोत्सवमा समकालिन नेपाल, एसिया र विश्वभरकै हिमाली जनजीवन, जलवायु परिवर्तन, लैङ्गिकतालगायत विविधताले भरिएका चलचित्र तथा वृतचित्र सहभागी थिए । महोत्सव प्रदर्शनी मार्गको राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा जेठ १६ देखि हिजो २० गतेसम्म सञ्चालन भएको थियो । 

  • नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको निधन

    काठमाण्डौ । नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको गएराति निधन भएको छ । उहाँको ९१ वर्षको

  • तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने

    तनहुँ । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती गृहजिल्लामा विविध कार्यक्रमसहित मनाइने भएको

  • समय बदलिन समय नै लाग्दैन - कल्याण गुरुङ

    हे प्रिय आत्मीयहरू, सम्बन्धहरू कहिल्यै ठूला-ठूला भाषणले टुट्दैनन्, टुट्छन् त साना अहंकार, झिनो जिद्दी र मौनताको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend