Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

रोल्पाको परिवर्तन गाउँपालिकामा प्रथम बागमारा महोत्सव सुरु


१३, असार २०८०
  • 1,092
    SHARES
  • रोल्पाको परिवर्तन गाउँपालिकामा प्रथम बागमारा महोत्सव सुरु

    रोल्पा।पश्चिम रोल्पाको परिवर्तन गाउँपालिकामा प्रथम बागमारा सांस्कृतिक,कृषि,पर्यटन तथा व्यापार महोत्सवको उद्घाटन भएको छ।"ब्याडमिन्टन खेल विकासको लागि हाम्रो अग्रता,स्वस्थ समाज निर्माणको लागि हाम्रो प्रतिबद्धता''भन्ने मुलनाराका साथ परिवर्तन गाउपालिका-३ बागमारामा प्रथम बागमारा सांस्कृतिक,कृषि,पर्यटन तथा व्यापार महोत्सव २०८० असार १३ गते बुधबार देखि असार २२ गतेसम्म हुन लागेको हो।

    प्रगतिशील ब्याडमिन्टन क्लब परिवर्तन गाउँपालिका-३ बागमाराको आयोजना र बजार व्यवस्थापन समिति परिवर्तन गाउँपालिका-३ बागमाराको सह-आयोजनामा प्रथम बागमारा सांस्कृतिक,कृषि,पर्यटन तथा व्यापार महोत्सव २०८० आयोजना गरिएको आयोजकले जानकारी दिएको छ।बुधबार उद्घाटन भएको महोत्सव कार्यक्रमको लुम्बिनी प्रदेशका सांसद दिपेन्द्र कुमार पुनको प्रमुख आतिथ्यतामा र नेकपाका वैकल्पिक केन्द्रका केन्द्रिय सदस्य तथा स्कुलिङ बिभागका केन्द्रिय सदस्य सन्तोष सुवेदीको विशिष्ट आतिथ्यता र परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरको विशिष्ट आतिथ्यतामा भएको हो।

    प्रगतिशील ब्याडमिन्टन क्लबका अध्यक्ष प्रेम कुमार बुढामगरको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा परिवर्तन गाउँपालिकाका उपाध्यक्ष कलादेवी खत्रेनी,परिवर्तन गाउँपालिका-१ का वडा अध्यक्ष मैते बुढा मगर,३ का वडा अध्यक्ष खिम विक्रम चन्द,४ का वडा अध्यक्ष मानसिङ बुढा,५ का वडा अध्यक्ष दिल बहादुर वली,परिवर्तन गाउँपालिका-४ का वडा सदस्य तथा कार्यपालिका सदस्य फर्मिला महर,३ का वडा सदस्य तथा कार्यपालिका सदस्य थम बहादुर सुनार,परिवर्तन गाउँपालिका-३ का निवर्तमान वडा अध्यक्ष झपिराम डाँगी,४ का निवर्तमान वडा अध्यक्ष दल बहादुर बुढामगर,अखिल क्रान्तिकारीका केन्द्रिय सचीवालय सदस्य तथा त्रिभुवन विश्वविद्यालयका ब्युरो इन्चार्ज अनिल केसी,नेकपाका जिल्ला सदस्य भक्त रिजाल,नेकपा परिवर्तन गाउँ समितिका सेक्रेटरी हिरालाल खड्का,छड्के देउखुरी युवा क्लबका अध्यक्ष गोपाल बहादुर केसी,जलजला युवा क्लबका अध्यक्ष कमल बिवस बुढा मगर,जनता मावि बागमाराका प्रधानाध्यापक जय कुमार बुढामगर र ईलाका प्रहरी चौकी बागमाराका इन्चार्ज झल्क बुढा मगर लगायतको आतिथ्यता रहेको थियो।

    महोत्सव अवधिभर परिवर्तन गाउँपालिका भित्र रहेका मौलिक कला संस्कृति,भेषभुषा,परिवर्तन गाउँपालिका भित्र उत्पादन हुने कृषि जन्य वस्तु र परिवर्तन गाउँपालिका भित्रका महत्त्वपूर्ण पर्यटन क्षेत्रको प्रदर्शन गर्न सकिने समेत आयोजकले बताएको छ।प्रथम बागमारा सांस्कृतिक,कृषि,पर्यटन तथा व्यापार महोत्सव उद्घाटन समारोहलाई सभ्य र भव्य रूपमा सफल बनाउन विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि,कर्मचारी,सुरक्षाकर्मी,स्वास्थकर्मी,

    सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख तथा कर्मचारी, पत्रकार,शिक्षक,विद्यार्थी,बुद्धिजीवी,व्यापारी विभिन्न झाँकी समूहको उपस्थिति रहेको थियो।महोत्सवमा नेपाली चलचित्रका महानायक राजेश हमाल लगायत राष्ट्रिय स्तरका कलाकार तथा स्थानीय स्तरका कलाकारहरुको बेजोड प्रस्तुति रह्ने समेत आयोजले जानकारी दिएको छ।

    प्रथम बागमारा सांस्कृतिक,कृषि,पर्यटन तथा व्यापार महोत्सव २०८०को कार्यक्रम संयोजक सुरेन्द्र प्रकाश गिरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेकपा परिवर्तन गाउँ समितिका इन्चार्ज पृथ्वी डाँगीले यो महोत्सव परिवर्तन गाउँपालिकालाई चिनाउनका आयोजना गरिएको बताए।हाम्रो परिवर्तन गाउँपालिका नाममा अती सुन्दर भएको बताउदै,देश परिवर्तनका लागि बलिदान दिने सहितको नामबाट परिवर्तन राख्न सफल भएको बताए।

    अहिलेको जनप्रतिनिधिलाई साच्चिकै परिवर्तन गर्न समस्या रहेको बताउदै त्यसलाई सफल बनाउन सबैको सहयोगको आवश्यकता रहेको बताए।रोल्पा उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष विश्वकुमार चन्दले यो कार्यक्रम गर्दै गर्दा आयोजकले अवसर र उपलब्धि दुबै खुलाउनु पर्ने बताए।कार्यक्रम गर्नुको उद्देश्य के हो,त्यो समेत स्पष्ट नखुलेको बताउदै,यहाँ व्यापारीहरुको बिचौलीयाको ह्याबी भएको बताए।यहाँको उत्पादनलाई ब्राण्डिङ गरेर बाहिर निर्यात गर्नुको सत्ता यहाँ भएका आर्थिक बाहिर निर्यात भएको बताए।

    परिवर्तन गाउँपालिकाका प्रवक्ता तथा परिवर्तन गाउँपालिका-२ का वडा अध्यक्ष हरिप्रसाद बुढामगरले हामी जुन खालेको कार्यक्रम हुन्छ त्यसको उद्देश्य हुन्छ।ब्यानरमै बोलीएको छ सांस्कृतिक,कृषि,पर्यटन तथा व्यापार महोत्सव भनेर परिवर्तन गाउँपालिका भित्रको कला संस्कृति,कृषि उत्पादन र पर्यटन स्थलले यहाँको प्रचार-प्रसारमा महत्त्वपूर्ण भूमिका खेल्ने समेत बताए।छलफल नभएको बताउदै आगामी दिनमा छलफल गरेर यो कार्यक्रम गर्नुपर्ने बताए।

    परिवर्तन गाउँपालिकाका निवर्तमान उपाध्यक्ष हित कुमारी बुढा मगरले राम्रो कुरा र राम्रो किताब बुझ्न समय लाग्छ भनेझैं यो कार्यक्रम आफैंमा राम्रो भएको बताए।आज देखि सुरु भएको कार्यक्रम बेमौसमको बाँजा भनेझैं यो कार्यक्रम गर्नु मौसम अनुसार अनुकूल वातावरण नभएको बताए।कार्यक्रमका विशिष्ट अतिथी परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढामगरले महोत्सव आयोजना गर्दा केही कुराहरु नमिल्न सक्छन्।

    दुईखोली देखि बागमारा सम्मको बाटो स्तरउन्नति भइरहेकोले भनेको समयमा बाटो नखुल्ने भएकोले यो कार्यक्रमलाई पनि असर गर्ने बताए।त्यस्तै कार्यक्रम आयोजना गर्नु ठूलो कुरा भएको बताउदै यो समयमा मेला महोत्सव आयोजना गर्नु मौसमले साथ नदिने समेत बताए।विशिष्ट अतिथी नेकपा वैकल्पिक केन्द्रका केन्द्रिय सदस्य तथा स्कुलिङ बिभागका केन्द्रिय सदस्य सन्तोष सुवेदीले यो मौसम प्रतिकूलमा पनि यो समयमा पनि मेला महोत्सव आयोजना गर्नु ठूलो भएको बताएको बताउदै यहाँ त्रुटिहरु भएकोले आगामी दिनमा त्यसलाई सच्याएर अगाडि बढ्नुपर्ने बताए।

    अहिले नेपालमा विमुख आएको बताउदै कर्मचारी तन्त्र लगायत नेपालमा भष्ट्रचारी मौलाएको बताए।अहिले नेपालमा समाजवादी मोर्चालाई असफल बनाउने रणनीति सुरु भएको बताए।हामीले अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ती भष्ट्रचारी नेता कर्मचारीलाई जेल हाल्नुहोस हामी वाह वाह प्रचण्ड भनेर।अहिले उहाँलाई चौतर्फी घेरा बन्दी भएकोले अहिले भष्ट्रचारीहरुलाई संरक्षण गर्न तर्फ लामबद्ध भएको बताए।नेपाली कांग्रेसका स्वर्गीय नेता बिपी कोइरालाले प्रजातान्त्रिक समाजवादको थालनी गरेको र अहिले कांग्रेसका केहि नेताहरु उल्टो बाटोमा हिड्ने बताए।

    नेपाली कांग्रेसले पनि हेक्का राख्नुपर्छ,नेपाली कांग्रेस होइन भारतीय कांग्रेस बन्ने बताए।अब नेपालमा समाजवाद मोर्चामा आवद्ध हुन सबैलाई अपिल समेत गर्नुभएको छ।प्रमुख अतिथि लुम्बिनी प्रदेशका सांसद दिपेन्द्र कुमार पुनले महोत्सव भन्ने कुरा यो प्रतिकूल मौसममा चुनौतीपूर्ण भएको बताए।रुकुम पश्चिम,रुकुम पूर्व र रोल्पाको संगम थलोमा रहेको बागमारामा आयोजना भएको महोत्सव कार्यक्रमले मनग्ये आम्दानी गर्नेमा आफू विश्वस्त भएको बताए।पहिले सदरमुकाम लिबाङ्मा मात्र सिमित हुने महोत्सव कार्यक्रम रोल्पाको विभिन्न ठाउँमा पुगेको बताए।

    रोल्पा जिल्लाको अहिले सहिद मार्ग होलेरी देखि २ सय करोड आयोजनामा काम भइरहेको र विद्युतमा १ सय ५ करोडमा काम भएको समेत बताए।यसरी सहिद मार्ग सडकको स्तर उन्नति र पिच भएमा रुकुम पश्चिम र रुकुम पूर्वमा आवतजावत गर्न सहज हुने बताए। अवस्था जे भएपनि आफूहरूको उद्देश्य नेपालमा सुशासन दिनु भएको बताए।साथै प्रदेश सरकार र स्थानीय सरकारको समन्वयमा कभर्डहल निर्माण भएको र केही काम बाँकी रहेकोले त्यो काम पुरा गर्न पुनले स्थानीय सरकारलाई आग्रह गर्नु भएको छ।

    कार्यक्रमको सञ्चालन बजार व्यवस्थापन समितिका सचिव गोविन्द वलीले गर्नुभएको थियो ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend