Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

यथार्थमा टेकेर बजेट ल्याएका छाैँ, कार्यान्वयन हुन्छ : अर्थमन्त्री पुन


२३, जेठ २०८१
  • 245
    SHARES
  • यथार्थमा टेकेर बजेट ल्याएका छाैँ, कार्यान्वयन हुन्छ : अर्थमन्त्री पुन

    काठमाण्डाै – अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभामा पेश भएको आउँदो आर्थिक वर्षको बजेटमाथि उठेका प्रश्नको जवाफ दिनुभएको छ । यही जेठ १५ गते संसदमा पेश भएको बजेटमाथि विभिन्न दलका सांसदले जिज्ञासा र प्रश्न सोधेका थिए ।

    आज प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वर्षमान पुनले विगतका वर्षमा गरिएका आर्थिक सुधारलाई बढावा दिने, उत्पादन र रोजगारी वृद्धि गर्ने लक्ष्यका साथ सरकारले आउँदो आर्थिक वर्षलाई आर्थिक सुधारको वर्षको घोषणा गरेकाे बताउनुभयो ।

    उहाँले विगतमा भन्दा पुँजीगत खर्चमा हुने वृद्धि हुने गरी लक्ष्य तय गरिएको, लगानीयोग्य रकमको उपलब्धतालगायतका कारणले छ प्रतिशत बराबरको आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएको बताउनुभयो ।

    पुनले बजेटको आकार महत्त्वाकाङ्क्षी नभई यथार्थ रहेको उल्लेख गर्दै बजेटको आकारका सम्बन्धमा पूर्वाग्रही भएर टिप्पणी आएको भन्दै गुनासो गर्नुभयो ।

    सूचना प्रविधिको क्षेत्रमा काम गर्ने जनशक्तिको वृद्धि र लगानीका कारण यस क्षेत्रबाट रोजगारीको अभिवृद्धि हुने उहाँको भनाइ छ ।

    आउँदो वर्ष राजस्व परिचालनलाई व्यवस्थित र अनुमानयोग्य बनाउन सरकारले प्रयत्न गरेको र करका दरमा सामान्य हेरफेर गरिएको अर्थमन्त्रीले जानकारी दिनुभयो ।

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend