कपिलवस्तु । कपिलवस्तुमा एक बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ । कपिलवस्तुको शुद्धोधन गाउँपालिका –५,ठुलो गन्वरीया बस्ने चैत्र यादबको छोरी बर्ष बर्षीय छोरी लक्ष्मी यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
घर नजिकै रहेको पोखरीको छेउमा खेल्ने क्रममा डुबेर घाईते भएकी लक्ष्मीको उपचारको क्रममा सिटी अस्पताल भैरहवामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक मिन बहादुर घलेले बताए ।