Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

फ्राइडे रिलिज : ‘दान्भी’ भर्सेज ‘आचार्य’


७, असार २०८१
  • 186
    SHARES
  • फ्राइडे रिलिज : ‘दान्भी’ भर्सेज ‘आचार्य’

    काठमाडौँ । आज शुक्रबारदेखि २ नेपाली फिल्म प्रदर्शनमा आएका छन । फिल्म हुन् ‘दान्भी’ र ‘आचार्य’ । फ्राईडे रिलिज अन्तर्गत एकसाथ आएका यी दुई मध्य ‘दान्भी’ नयाँ फिल्म हो, भने ‘आचार्य’ १३ वर्ष अगाडिको एक पटक प्रदर्शनमा आइसकेको फिल्म हो । फिल्मले दर्शकको साथ राम्रो पाउने अपेक्षा दुवै फिल्मका निर्माताहरुले गरेका छन् ।

    अभिनेत्री पूजा शर्मा पहिलो पटक एक्सन भूमिकामा देखिएको फिल्म हो ‘दान्भी’ । रूपेश तामाङ निर्देशित फिल्ममा पूजाको अलावा कुन्साङ बम्जन, किरण श्रेष्ठ, मोनालिसा खतिवडा, राजाराम पौडेल, कालु राणा, सीता तामाङ लगायत कलाकारको अभिनय छ ।

    पवन राना मगर कार्यकारी निर्माता, देव मगर तथा अनुप गडाल निर्माता रहेको फिल्मको कमला लिम्बु, पन्चबहादुर तामाङ र आदर्श पौडेल सह–निर्माता हुन् । सन्जोग राणाको पटकथा तथा संवाद, रविना थापा मगरको कथा, हरिप्रसाद घलेको छायाङ्कन, बन्दे प्रसादको सम्पादन, श्री श्रेष्ठको एक्सन रहेको फिल्ममा कविराज गहतराजको नृत्य छ ।

    फिल्मलाई रिच इन्टरटेन्मेन्टले काठमाडौं उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गरेको हो । फिल्मको शुक्रबार प्रेस शो समेत आयोजना भएको थियो ।

    त्यस्तै ‘आचार्य’ १३ वर्ष अघि नै निर्माण भएर पनि प्रर्दशनमा आएको फिल्म हो । स्वर्गिय गायक भक्तराज आचार्यप्रति श्रद्धाञ्जली अर्पण गर्ने उद्देश्यले फिल्म फेरि प्रदर्शनमा ल्याइएको हो । सिल्क रोड पिक्चर्सले निर्माण गरेको फिल्ममा भक्तराजको निधन पश्चातका केही दृष्य थप गरिएका छन् ।

    फिल्ममा भजन शिरोमणि आचार्यको ज्येष्ठ सुपुत्र गायक सत्यराज आचार्य, अरुणा कार्की, सुनील पोखरेल, सौगात मल्ल, दयाहाङ राई, विपिन कार्कीलगायतको अभिनय फिल्ममा देख्न सकिन्छ । प्रशान्त रसाइलीले निर्देशित फिल्म रोशन राईले निर्माण गरेका हुन् ।  

  • भोटेकोशी बाढीपीडितका लागि ‘एलिफेन्ट्स इन द फग’को विश्वभर च्यारिटी स्क्रिनिङ, पेरिसमा विशेष प्रदर्शन

    काठमाडौं । नेपालबाट आगामी ओस्कार अवार्डका लागि सिफारिस भएको चलचित्र तिनीहरू : एलिफेन्ट्स इन द

  • हरिवंश आचार्यले भने– ‘काठमाडौंलाई बिग्रिनबाट रोक्ने समय आएको छ’

    काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पछिल्लो समय काठमाडौं महानगरपालिकामा सरसफाइ, सौन्दर्य र व्यवस्थापनका क्षेत्रमा

  • अस्करको अन्तर्राष्ट्रिय दौडमा नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट

    काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर)को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाका लागि नेपालबाट तिनीहरू :

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend