Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

गीतकार आङ्बुहाङको चार गीति भिडियो सार्वजनिक


३१, असार २०८१
  • 151
    SHARES
  • गीतकार आङ्बुहाङको चार गीति भिडियो सार्वजनिक

    काठमाडौँ । गीतकार कल्पना आङ्बुहाङको चार गीति भिडियो सार्वजनिक भएको छ ।

    जमलस्थित राष्ट्रिय नाचघरमा गीतकार सङ्घ नेपालको आयोजनामा गरिएको कार्यक्रममा वरिष्ठ गायिका मीरा राणा, सङ्गीतकार बुलु मुकारुङ, नारायण गोपाल सङ्गीत कोष एवं तारा देवी स्मृति फाउन्डेसनका अध्यक्ष दीपक केसी, गीतकार सङ्घका अध्यक्ष बसन्त वित्यासी थापा, निवर्तमान अध्यक्ष शुभ मुकारुङ लगायतको उपस्थितिमा गीतका भिडियोहरु सार्वजनिक गरिएको हो ।

    सार्वजनिक भिडियोहरुमा ‘पेलि फाक् सेवारो,’ ‘परदेशी जीवन,’ ‘पत्थर कोइला,’ र ‘हुलाकी दाई’ हुन् । सार्वजनिक गीत अनि भिडियोको समीक्षा सङ्गीतकार मुकारुङले गरेका थिए ।

    कार्यक्रममा संघका अध्यक्ष थापाले हरेक गीतकारहरुले आफ्नो मनसँगै आफ्नोपन, परिवार, समाज, समुदाय, भेग, परम्परा संस्कृति एवं जागरण, चेतना, सन्देश, ज्ञान दिलाउने गीतहरु लेख्नुपर्ने धारणा राखे ।

    उनले भने, ‘रहर र मनोरञ्जनको रूपमा मात्रै गीतलाई लिनु हुँदैन यो बौद्धिक सम्पत्ति हो । गीत सिर्जनाले आर्थिक आय आर्जन पनि गर्दछ र समाजलाई समृद्धिको बाटो साथै देशको विकासमा पनि टेवा पुर्‍याउँछ ।’

    कार्यक्रममा गीत सङ्गीत, साहित्य, कलाकर्मी, पत्रकार क्षेत्रका प्रतिष्ठित व्यक्तित्वको उपस्थिती रहेको थियो ।

  • भोटेकोशी बाढीपीडितका लागि ‘एलिफेन्ट्स इन द फग’को विश्वभर च्यारिटी स्क्रिनिङ, पेरिसमा विशेष प्रदर्शन

    काठमाडौं । नेपालबाट आगामी ओस्कार अवार्डका लागि सिफारिस भएको चलचित्र तिनीहरू : एलिफेन्ट्स इन द

  • हरिवंश आचार्यले भने– ‘काठमाडौंलाई बिग्रिनबाट रोक्ने समय आएको छ’

    काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पछिल्लो समय काठमाडौं महानगरपालिकामा सरसफाइ, सौन्दर्य र व्यवस्थापनका क्षेत्रमा

  • अस्करको अन्तर्राष्ट्रिय दौडमा नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट

    काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर)को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाका लागि नेपालबाट तिनीहरू :

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend