काठमाण्डौं । ‘मै हुँ शिवको शिवानी’ बोलको तीज गीत सार्वजनिक भएको छ ।
नजिकिँदै गरेको तीजलाई लक्षित गरेर निर्माण गरिएको गीतमा गायिका शान्ति श्री परियार को स्वर रहेको छ ।
भगवान शिवले गरेको योगदान र उनको प्रसंसा गर्दै गीत निर्माण गरिएको छ । कृष्ण देव रुपाखेतीले निर्देशन गरेको भिडियोमा स्मारिका ढकाललाई फिचरिङ गरिएको छ ।
मौलिक लोक लयमा आधारित गीतको भिडियो उत्सव दाहालले खिचेका हुन् भने भिडियोको सम्पादन मिन रावलको रहेको छ । गीतमा अभि वाग्लेले कोरियोग्राफी गरेका छन ।
यस गीतको शब्द गीतकार गिता गिरी तथा संगीत भद्र वलीको रहेको छ । ग्रेट एविजीको ब्यानरबाट युट्युबमार्फत् सार्वजनिक भएको गीतको निर्माण राम बहादुर गिरी र भगवती गिरीले गरेका हुन ।