Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

सन्तानेश्वरमा धार्मिक पर्यटकको चहलपहल


८, साउन २०८१
  • 211
    SHARES
  • सन्तानेश्वरमा धार्मिक पर्यटकको चहलपहल

    बाँके । साउन महिना सुरु भएसँगै नरैनापुरस्थित सन्तानेश्वर महादेव मन्दिरमा धार्मिक पर्यटकको चहलपहल सुरु भएको छ ।

    नेपालगञ्जदेखि ३० किलोमिटर टाढा अवस्थित उक्त मन्दिर पुग्न करिब ६ किलोमिटर जङ्गलको कच्ची बाटो र त्यसपछि दुई किलोमिटर उकालो पैदलयात्रा गर्नुपर्छ ।

    सन्तानेश्वरमा पूजाआजा गर्नेको भीड लाग्ने गरेको छ । हिजो सोमबार बाँके, बर्दिया, दाङलगायत भारतबाट पजि भक्तजन आएका मुख्य पुजारी योगानन्द गिरीले जानकारी दिनुभयो ।

    धार्मिक पर्यटनको प्रचुर सम्भावना भएको सन्तानेश्वर पुग्ने सडक सहज नहुँदा समस्या भएकोे नरैनापुरका सोहनलाल यादव बताउनुहुन्छ । पहाडको माथिल्लो भागमा रहेको मन्दिरबाट जङ्गलका साथै मनोरम प्राकृतिक दृश्य देख्न सकिन्छ ।

    यसैबीच, बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकालले सन्तानेश्वरमा धार्मिक पर्यटन प्रवद्र्धनका निम्ति हरसम्भव काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    राप्ती सोनारी गाउँपालिकास्थित भुवर भवानी, नेपालगञ्जको बागीश्वरी र नरैनापुरको सन्तानेश्वर महादेवलाई जोडेर धार्मिक पर्यटन क्षेत्र बनाउन आफू क्रियाशील रहेको बताउनुभयो । 

  • भविष्य मालिका अनुसार कलियुगको अन्त्यतर्फ बढ्दै जाने आध्यात्मिक तथा खगोलीय परिवर्तनबारे चर्चा

    काठमाडौं । हिन्दू धार्मिक तथा आध्यात्मिक परम्परामा चर्चित भविष्य मालिकामा कलियुगको अन्त्यसँग सम्बन्धित विभिन्न खगोलीय,

  • तीजको रौनक सुरु, आज दर खाने दिन

    काठमाडौं । नेपाली महिलाको प्रमुख सांस्कृतिक पर्व हरितालिका (तीज) आजदेखि दर खाएसँगै औपचारिक रूपमा सुरु

  • प्राकृतिक विपत्तिमा ‘आत्मोद्धार’को संकल्प : देवीघाटमा लाखबत्ती प्रज्वलनसहित विशेष आध्यात्मिक अनुष्ठान

    त्रिशूली बाढीका दिवङ्गतप्रति श्रद्धाञ्जलि, पीडितको उद्धार र पुनःस्थापनाका लागि सरकार-समाजलाई सहकार्यको आह्वान काठमाडौं । त्रिशूली नदीमा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend