Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नयाँ गीत ‘माइतीघर’ सार्वजनिक


१८, साउन २०८१
  • 279
    SHARES
  • नयाँ गीत ‘माइतीघर’ सार्वजनिक

    काठमाडौँ । हिन्दू नारीको महान पर्व हरितालिका तीजलाई लक्षित गर्दै गीतसङ्गीत बजारमा आइरहेको छ ।

    केही वर्षयता तीजमा आउने गीत कला र संस्कृति दर्शाउनेभन्दा पनि भड्किलो भएको आरोप लागिरहेका सन्दर्भ तीजको परम्परागत मान्यतालाई बोकेर नयाँ गीत ‘माइतीघर’ सार्वजनिक गरिएको छ ।

    गायिका सीता परियारले गाउनुभएको गीतमा तीज नजिकिँदै गर्दा चेलीले महसुस गर्ने भावनालाई समेटिएको छ ।

    “गीतमा माइतीसँग चेलीको माया र चाडसँग जोडिएको परम्परागत संस्कारलाई जोडिएको छ”, गायिका परियारले भन्नुभयो ।

    तीजसँग जोडिएको मौलिकता झल्किने यस गीतको शब्द र सङ्गीत पूर्ण परियारले तयार गर्नुभएको हो ।

    गीतको सार्वजनिक श्रव्यदृश्यमा स्मारिका ढकालले अभिनय गर्नुभएको छ । उक्त श्रव्दृश्यमा तीजको हर्षोल्लासका साथै चेलीको वेदनालाई पनि प्रस्तुत गरिएको छ ।

    श्रव्यदृश्यमा मुकेश नेपालीले नृत्य निर्देशन, अजय रेग्मीले छायाङ्कन, अमृत चापागाईंले सम्पादन र विशाल घिमिरेले निर्देशन गर्नुभएको छ ।

  • लोकदोहोरी प्रतिष्ठानको अध्यक्षमा पशुपति शर्मा निर्विरोध निर्वाचित

    काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा

  • नाना पाटेकरको निधन : भारतीय सिनेमाले गुमायो प्रभावशाली कलाकार

    काठमाडौँ । बलिउड तथा मराठी सिनेमाका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको

  • ९० दिनको छायाङ्कनपछि ‘जुबा’ तयार, सौगातसँगै डेब्यु गर्दै सोफी

    काठमाडौँ । अभिनेता सौगात मल्लको मुख्य भूमिका रहेको चलचित्र जुबा को छायाङ्कन सम्पन्न भएको छ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend