दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१ धनुबासमा पहिरोले पुरिँदा एक जनाको ज्यान गएको छ । पहिरोमा परेर ६५ वर्षीय बलिराम खत्रीको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।
शनिवार हिजो बेलुकी साढे ७ बजेतिर काठेकुलो बाटोमा हिँड्दै गर्दा गएको पहिरोले खत्रीलाई पुरेको प्रहरी जनाएको छ । पहिरोमा परि उनको घटनास्थलै ज्यान गएको थियो ।