Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

चलचित्र ‘१२ गाउँको’ दोस्रो गीत ‘कसो कसो’ सार्वजनिक


७, असोज २०८१
  • 471
    SHARES
  • चलचित्र ‘१२ गाउँको’ दोस्रो गीत ‘कसो कसो’ सार्वजनिक

    काठमाडौँ । अभिनेता विराज भट्टको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘१२ गाउँको’ दोस्रो गीत ‘कसो कसो’ सार्वजनिक भएको छ ।

    दशैंको फूलपाती अर्थात् असोज २४ गतेबाट प्रदर्शनको तयारीमा रहेको यस चलचित्रको दोस्रो गीत ‘कसो कसो’ आज सोमबार दिउँसो ३ बजे सार्वजनिक भएको हो ।

    सार्वजनिक गीतमा फिल्मका डेब्यु अभिनेता समीर भट्ट र भारतीय टेलिभिजन सिरियलकी अभिनेत्री सोनू चन्द्रपालको रोमान्स देख्न सकिन्छ । यस गीतमा सुवासचन्द्र ढुङ्गेलको शब्द रचना तथा निरज सिहंको संगीत रहेको छ भने सुगम पोख्रेल र सदीक्षा कट्टेलको स्वर छ ।

    फिल्ममा समीरका साथै विराज भट्ट पनि मुख्य भूमिकामा छन् । पूर्व ‘मिस नेपाल इन्टरनेशनल’ न्यान्सी खड्का, मोडल सनिशा भट्टराई, मुरलीधर, दिया मास्के, अर्जुन जंग शाही, कनिज कोइराला, नरेन खड्का, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, भिष्म जोशी, तारा शर्मा, शुलेमान शंकर (इकु), स्टन्ट सिल्भा (साउथ फिल्मका चर्चित कलाकार) लगायतको पनि फिल्ममा अभिनय छ ।

    फिल्ममा साउथका स्टन्ट सिल्भाले द्वन्द्व निर्देशन गरेका छन् । उनलाई शंकर महर्जनले सघाएका छन् । महेश पौडेलले फिल्मको छायांकन गरेका हुन् ।

  • लोकदोहोरी प्रतिष्ठानको अध्यक्षमा पशुपति शर्मा निर्विरोध निर्वाचित

    काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा

  • नाना पाटेकरको निधन : भारतीय सिनेमाले गुमायो प्रभावशाली कलाकार

    काठमाडौँ । बलिउड तथा मराठी सिनेमाका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको

  • ९० दिनको छायाङ्कनपछि ‘जुबा’ तयार, सौगातसँगै डेब्यु गर्दै सोफी

    काठमाडौँ । अभिनेता सौगात मल्लको मुख्य भूमिका रहेको चलचित्र जुबा को छायाङ्कन सम्पन्न भएको छ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend