Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

कात्तिकमा ५ फिल्म रिलिजको तयारीमा, मध्यम वर्गीय परिवारको कथादेखि हरर कमेडीसम्म


६, कात्तिक २०८१
  • 241
    SHARES
  • कात्तिकमा ५ फिल्म रिलिजको तयारीमा, मध्यम वर्गीय परिवारको कथादेखि हरर कमेडीसम्म

    काठमाडौँ । नेपाली बक्सअफिस असोज महिनामा हराभरा रह्यो । ७ फिल्म रिलिज भएको असोजमा ५ फिल्म बक्सअफिस तताउन सफल भए ।

    असोजमा फिल्म ‘सानो संसार’, ‘खुस्मा’, ‘आँखा’, ‘बेहुली फ्रम मेघौली’, ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ रिलिज भएका थिए । यीमध्ये ‘खुस्मा’, ‘बेहुली फ्रम मेघौली’, ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ले बक्सअफिस चलायमान बनाए ।

    बक्सअफिस चलायमान बनाउनेमा सबैभन्दा अगाडि ‘छक्का पञ्जा ५’ रह्यो भने ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ले पनि राम्रै व्यवसाय गरे । यी तीन फिल्म अहिले पनि प्रदर्शन भइरहेका छन् ।  ‘खुस्मा’, ‘बेहुली फ्रम मेघौली’ले पनि लगानी सुरक्षित गर्न सफल भएको दाबी गरिएको छ । तर कति कमाए भन्ने सार्वजनिक गरिएको छैन ।

    निर्माताहरुका अनुसार हिन्दु धर्मावलम्बीको दोस्रो ठुलो चाड तिहार रहेको कात्तिकमा भने ५ फिल्म रिलिजको तयारीमा छन् । कात्तिकमा ‘सानो संसार’, ‘पूर्णबहादुरको सारङ्गी’, ‘फिरफिरे फिरिरी’, ‘केटी हराएको सूचना’ र ‘ह्रस्व दीर्घ’ प्रदर्शन हुँदैछन् । यीमध्ये ‘सानो संसार’ आगामी शुक्रबार अर्थात् कात्तिक ९ गते, ‘पूर्णबहादुरको सारङ्गी’ लक्ष्मीपूजाको अवसर पारेर १५ गते, ‘फिरफिरे फिरिरी’ २२ गते, ‘केटी हराएको सूचना’ र ‘ह्रस्व दीर्घ’ ३० गते रिलिज हुने तयारीमा छन् ।

    फरक विषयवस्तु खोज्ने दर्शकका लागि कात्तिक विशेष हुनसक्छ । किनभने यो महिना रिलिज हुने ‘सानो संसार’, ‘पूर्ण बहादुरको सारङ्गी’, ‘फिरफिरे फिरिरी’, ‘केटी हराएको सूचना’ र ‘ह्रस्व दीर्घ’ सबैका विषयवस्तु एक अर्कोसँग मिल्दैन ।

    कत्तिक पहिलो साता अर्थात् ९ गते रिलिज हुने फिल्म ‘सानो संसार’ले एउटा मध्यम वर्गीय परिवारको कथा उठाएको छ । फिल्म गत असोजमा रिलिज भए पनि बाढी–पहिरोको प्रभावका कारण रिलिज स्थगित गदैँ अहिले ल्याइएको हो । अर्जुन कुमार र माधव वाग्लेले निर्माण गरेको यो फिल्म सिद्धार्थ पुडासैनीले निर्देशन गरेका हुन् ।

    फिल्ममा सीतादेवी तिमिल्सेना, अनु दाहाल, राज पंगेनी शर्मा, अन्जसा रिजाल, शिशिर शिवाकोटी, सरिता भण्डारी, जीवन गौतम लगायतको अभिनय छ ।

    तिहारको अवसर पारेर कात्तिक दोस्रो साता ‘पूर्ण बहादुरको सारङ्गी’ रिलिज हुन लागेको छ । गन्धर्व समुदायको जीवन र सामाजिक समस्यालाई कथा बनाएको यो फिल्ममा विजय बराल, अञ्जना बराइली, प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङलगायत कलाकारको अभिनय छ । फिल्मको निर्देशन सरोज पौडेलले गरेका हुन् ।

    यस्तै तेस्रो साता अर्थात् २२ गते ‘फिरफिरे फिरिरी’ रिलिज हुँदैछ । हरर कमेडी जनरामा बनेको फिल्म छठ पर्वको अवसर पारेर आउन लागेको हो । नविन भट्ट निर्देशित फिल्ममा मनोज कुमार अधिकारी, सन्दिप श्रेष्ठ, भावना उप्रेती, रबिना केसी, पुष्प अवस्थी, सूर्यमान लिम्बुलगायतका कलाकारको अभिनय छ ।

    अन्तिम साता अर्थात् ३० गते भने ‘ह्रस्व दीर्घ’ र ‘मिसिङः केटी हराएको सूचना’ गरेर दुई फिल्म रिलिज हुँदैछन् ।

    एकअर्कोसँग भिड्न तयार भएको ‘ह्रस्व दीर्घ’ र ‘मिसिङः केटी हराएको सूचना’ मध्ये ‘ह्रस्व दीर्घ’ समसामयिक विषयमा निर्माण भएको फिल्म हो । पहिले असोज ३ गते आउने तयारीमा रहेको यो फिल्म सरेर कात्तिक ३० मा आउन लागेको हो ।

    अभिनेत्री नीता ढुंगानाको निर्माण रहेको फिल्ममा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईंटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आदर्श मिश्र, बुद्धि तामाङ, किरण केसी लगायतका कलाकारको अभिनय छ । फिल्मको निर्देशन चन्द्र पन्तले गरेका हुन् ।

    अर्को फिल्म ‘मिसिङः केटी हराएको सूचना’मा दीपेन्द्र गौचनको निर्देशन छ । प्रेमिका हराएको विषयवस्तुमा निर्माण भएको फिल्ममा नाजिर हुसेन, सृष्टि श्रेष्ठ, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ ।

    नकिम उद्दिन कार्यकारी निर्माता रहेको फिल्ममा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन निर्माता छन् । 

  • भोटेकोशी बाढीपीडितका लागि ‘एलिफेन्ट्स इन द फग’को विश्वभर च्यारिटी स्क्रिनिङ, पेरिसमा विशेष प्रदर्शन

    काठमाडौं । नेपालबाट आगामी ओस्कार अवार्डका लागि सिफारिस भएको चलचित्र तिनीहरू : एलिफेन्ट्स इन द

  • हरिवंश आचार्यले भने– ‘काठमाडौंलाई बिग्रिनबाट रोक्ने समय आएको छ’

    काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पछिल्लो समय काठमाडौं महानगरपालिकामा सरसफाइ, सौन्दर्य र व्यवस्थापनका क्षेत्रमा

  • अस्करको अन्तर्राष्ट्रिय दौडमा नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट

    काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर)को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाका लागि नेपालबाट तिनीहरू :

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend