Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

फूलपातीमा रिलिज फिल्महरूको कमाई कस्तो ?


८, कात्तिक २०८१
  • 229
    SHARES
  • फूलपातीमा रिलिज फिल्महरूको कमाई कस्तो ?

    काठमाडौँ । फूलपातीको अवसर पारेर प्रदर्शनमा आएका तीन फिल्म ‘छक्का पन्जा– ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ आज बिहिबारबाट तेस्रो सातामा प्रवेश गर्न सफल भएका छन् ।

    यीमध्ये ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’ ले आक्रामक व्यापार गरेका छन्, भने ‘ज्वाइँ साब’ले पनि राम्रो कमाइ रहेको निर्माण पक्षको भनाई छ ।

    ‘छक्का पन्जा’को सिरिजलाई निरन्तरता दिँदै दीपकराज गिरी र दीपाश्री निरौलाको समूहले ‘छक्का पन्जा– ५’ बनाएका हुन् । पहिलो साता ११ करोड ५० लाख रुपैयाँ कलेक्सन गरेको दाबी गरिएको फिल्मले अहिलेसम्म १७ करोड कमाएको चर्चा छ ।

    दीपाश्री निरौला निर्देशित ‘छक्का पन्जा ५’ दीपकराज गिरी, केदार घिमिरे, वर्षा शिवाकोटी र मेक्सम गौडेल लगायतको अभिनय छ । फिल्मका कार्यकारी निर्माता निर्मल शर्मा र केदार घिमिरे ‘माग्ने बुढा’ छन् ।

    ‘१२ गाउँ’ कुनै समय नेपाली फिल्म क्षेत्रमा राज गरेका एक्सन स्टार बिराज भट्टले निर्देशन गरेको फिल्म हो । पहिलो साता १० करोड ५ लाख रुपैयाँ कलेक्सन गरेको दाबी गरिएको फिल्मले अहिलेसम्म १३ करोड कमाएको चर्चा छ । केही दिनमै दोस्रो साताको कलेक्सन सार्वजनिक हुने निर्माण युनिट बताउँछ ।

    फिल्ममा बिराज भट्टका साथै उनका छोरा समीर, न्यासी खड्का, सनिशा भट्टराई, सोनु चन्द्रपाल, मुरलीधर, कनिज कोइराला, नरेन खड्का र दिया मास्केलगायतको अभिनय छ । एक्सनले भरिपूर्ण फिल्ममा ‘१२ गाउँ’ नामक एक प्राचीन गाउँको अत्याचारी शासकविरुद्धको लडाइँको कथा छ ।

    यस्तै दीपक–दीपाको टिमबाट बाहिरिएका जितु नेपालको मुख्य भुमिका रहेको फिल्म ‘ज्वाइँ साब’ पनि तेस्रो सातामा प्रवेश गर्न सफल भएको छ । एकसाथ रिलिज भएका तीन फिल्ममा सबैभन्दा कमजोर व्यवसाय गरेको फिल्मले १० दिनमा ३ करोड २५ लाख ग्रस कलेक्सन गरेको विवरण सार्वजनिक गरेको थियो । फिल्मको त्यसयताको कलेक्सनबारे जानकारी दिइएको छैन ।

    फिल्ममा जितुको अलावा नीति शाह, बुद्धि तामाङ र शिवु पाण्डे अभिनय छ । वसन्त निरौला निर्देशित फिल्म रेड आई फिल्मसको प्रस्तुति र मौसम फिल्मसको सहकार्यमा निर्माण भएको हो । फिल्ममा प्रस्तुतकर्ता राजकुमार पण्डित हुन् ।

  • भोटेकोशी बाढीपीडितका लागि ‘एलिफेन्ट्स इन द फग’को विश्वभर च्यारिटी स्क्रिनिङ, पेरिसमा विशेष प्रदर्शन

    काठमाडौं । नेपालबाट आगामी ओस्कार अवार्डका लागि सिफारिस भएको चलचित्र तिनीहरू : एलिफेन्ट्स इन द

  • हरिवंश आचार्यले भने– ‘काठमाडौंलाई बिग्रिनबाट रोक्ने समय आएको छ’

    काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पछिल्लो समय काठमाडौं महानगरपालिकामा सरसफाइ, सौन्दर्य र व्यवस्थापनका क्षेत्रमा

  • अस्करको अन्तर्राष्ट्रिय दौडमा नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट

    काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर)को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाका लागि नेपालबाट तिनीहरू :

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend