Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

जुकरबर्गको कम्पनीलाई भारतले लगायो २ अर्ब भारु जरिवाना


४, मंसिर २०८१
  • 255
    SHARES
  • जुकरबर्गको कम्पनीलाई भारतले लगायो २ अर्ब भारु जरिवाना

    नयाँ दिल्ली । अमेरिकी खर्बपति व्यापारी मार्क जुकरबर्गको कम्पनीलाई भारतले जरिवाना लगाएको छ ।

    प्रयोगकर्ताको गोपनीयतासम्बन्धी मामिलामा भारतको प्रतिस्पर्धा हेर्ने नियामक सीसीआईले मेटामाथि २ अर्ब १३ करोड १४ लाख भारु जरिवाना लगाएको हो ।

    मेटाको सहायक कम्पनी ह्वाट्सएपले गोपनीयता नीतिमा लापरबाही गरेको र प्रयोगकर्ताको डेटा चोरेको अभियोगमा जरिवाना तिराइएको हो । मेटाले बजारमा आफ्नो वर्चश्वको दुरुपयोग गरेको आरोप पनि लगाइएको छ । जरिवाना सन् २०२१ मा ह्वाट्स एपको गोपनीयता नीतिसँग सम्बन्धित छ ।

    जरिवानाको साथै सीसीआईले मेटामाथि उसको प्लेटफर्ममा जम्मा पारेको प्रयोगकर्ताका डेटा पाँच वर्षसम्म विज्ञापनका लागि मेटाका अन्य कुनै प्रडक्ट वा कम्पनीसँग शेयर नगर्न पनि आदेश दिएको छ । यो समयसम्म कम्पनीले सुधारको दिशामा जरुरी कदम उठाउन र त्यसलाई लागू गर्न पनि आदेश दिइएको छ ।

  • सन् २०३० सम्ममा देशभर १० हजार चार्जिङ स्टेशन निर्माण गर्न अध्ययनको सुझाव

    काठमाण्डौ पूर्वाधार विकास मन्त्रालयको एक अध्ययनले नेपालमा विद्युतीय गाडीको प्रवर्द्धनकालागि सन् २०३० सम्म देशभर

  • काठमाडौंको स्यूचाटारमा एआई कम्प्यूट सेन्टर स्थापना गरिने

    काठमाडौं । सरकारले काठमाडौंको स्यूचाटारमा एआई कम्प्यूट सेन्टर स्थापना गर्ने भएको छ । आगामी आर्थिक वर्षको

  • सरकारी सूचनामा निजी मिडिया बहिष्कृत: अब गोरखापत्र, रेडियो नेपाल र नेपाल टेलिभिजनमै मात्र प्रकाशन/प्रसारण

    काठमाडौं l सरकारले अबदेखि सार्वजनिक निकायका सबै सूचना तथा विज्ञापन सरकारी स्वामित्वका सञ्चार माध्यममार्फत मात्र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend