Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

बुटवलमा खुल्यो फ्रेन्डस् सिनेमाज्


१४, मंसिर २०८१
  • 246
    SHARES
  • बुटवलमा खुल्यो फ्रेन्डस् सिनेमाज्

    काठमाडौँ । बुटवलमा शुक्रबारबाट नयाँ हल–फ्रेन्डस् सिनेमाज् औपचारिक रूपमा सञ्चालनमा आएको छ ।

    २२२ सिट क्षमताको यो हल अमरपथस्थित सिंह कम्प्लेक्समा खुलेको हो । धरानको चर्चित फ्रेन्डस् सिनेमाजको फ्रेन्चाइज्को रूपमा ल्याइएको यो हल रोयल सिने हब प्रालिले सञ्चालनमा ल्याएको हो ।

    तीन युवा, जो हाल चलचित्र वितरणमा समेत सक्रिय र सफल छन–आशिष तामाङ, प्रदीप धामी र पुष्कर घिमीरले फ्रेन्डस् सिनेमाज्को ब्राण्ड विस्तार गर्ने क्रममा बुटवलमा यो दोस्रो हल सञ्चालन गरेका हुन् ।

    आफूहरूले नयाँ व्यवस्थापन, अत्याधुनिक प्रविधि तथा दर्शकलाई विविध सेवा सुविधा र सहुलियतका साथ हल सञ्चालनमा ल्याएको सञ्चालक आशिष तामाङले बताए ।

    ओपनिङ खुसीमा पहिलो साताभरि टिकट दर रु १५० राखिएको हलको बिहानी शो, मंगलबार र बुधबारका शोका टिकट दर भने अन्य दिनका भन्दा कम हुने जनाइएको छ ।

    दैनिक ६ शोसम्म चलाउन सकिने भ्यु सिनेमाज् अब फ्रेन्डस् सिनेमाजका रूपमा आएको छ । हलमा नेपाली फिल्म प्राथमिकता पर्नेछ ।

    हल सञ्चालनसँगै फिल्म वितरणमा समेत छोटो समयमै आफूलाई स्थापित गरिरहेको यो टिमले कुवेर सिने डिस्टिब्युसनमार्फत हालसम्म ‘फर्की फर्की’, ‘कुश्मा’ र ‘१२ गाउँ’ जस्ता हिट फिल्म वितरण गरिसकेको छ भने अब ‘उनको स्वीटर’, ‘बलिदान’, ‘रेशम फिरिरी’ लगायतका फिल्म दर्शकमाझ ल्याउदैछ । 

  • भोटेकोशी बाढीपीडितका लागि ‘एलिफेन्ट्स इन द फग’को विश्वभर च्यारिटी स्क्रिनिङ, पेरिसमा विशेष प्रदर्शन

    काठमाडौं । नेपालबाट आगामी ओस्कार अवार्डका लागि सिफारिस भएको चलचित्र तिनीहरू : एलिफेन्ट्स इन द

  • हरिवंश आचार्यले भने– ‘काठमाडौंलाई बिग्रिनबाट रोक्ने समय आएको छ’

    काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पछिल्लो समय काठमाडौं महानगरपालिकामा सरसफाइ, सौन्दर्य र व्यवस्थापनका क्षेत्रमा

  • अस्करको अन्तर्राष्ट्रिय दौडमा नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट

    काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर)को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाका लागि नेपालबाट तिनीहरू :

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend