काठमाडौँ । गायक सिडी विजय अधिकारी र गायिका पल्मु शेर्पाको स्वर रहेको रोमान्टिक गीत ‘धरोधर्म सत्य’ सार्वजनिक भएको छ ।
गीतमा नवराज भुमरी आचार्य शब्द, सिडी विजय अधिकारीको सङ्गीत र पुष्कर खत्रीको एरेञ्ज छ । गीतको भिडियोमा विमल अधिकारी, शिल्पा पोखरेलको अभिनय छ ।
भिडियोको निर्देशन बबिता श्रेष्ठ ‘मलेकु’ गरेकी हुन् । भिडियोमा उत्तम हुमगाईंको छायाङ्कन र कल्पेश विश्वकर्माको सम्पादन छ ।