काठमाडौँ । नेपाली सुगम संगीतमा निरन्तर क्रियाशिल गायक रवि सुवेदी र स्वेच्छा ठकुरीको स्वरमा रहेको ‘पग्लियो यो मन’ बोलको गीतको म्युजिक भिडियो रिलिज भएको छ ।
गीतमा सरगम राईको शब्द तथा संगीत, सविन लिम्बुको एरेन्ज रहेको छ । प्रेममा एक अर्कालाई गरिने प्रेमको भावलाई जीवनमा सफलताको बाटोमा पुयाउनको लागी आतुर प्रेमील जोडिको मनोभावनालाई गीतमा चित्रण गरिएको छ ।
भिडियोमा विशाल थापाको छायांकन, विकास दाहालको सम्पादन छ । सोनम पाख्रिनले भिडियोलाई निर्देशन गरेका हुन । गीतको भिडियोमा रवि सुवेदी/विना राउतको अभिनय जिवन्त देख्न सकिन्छ ।