Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

रविको मुद्दामा न्यायाधीशले ‘रिक्युजल’ लिनुपर्ने सरकारी वकिलहरूको तर्क, नलिने अडानमा न्यायाधीश योगी


१०, माघ २०८१
  • 240
    SHARES
  • रविको मुद्दामा न्यायाधीशले ‘रिक्युजल’ लिनुपर्ने सरकारी वकिलहरूको तर्क, नलिने अडानमा न्यायाधीश योगी

    काठमाडौं, १० माघ । सहकारी रकम अनियमितता गरेको आरोपको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानको जिल्ला अदालत रुपन्देहीमा थुनछेक बहस जारी छ । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा दायर भएको मुद्दामा बयान दिनका लागि लामिछाने हिजो ९बुधबार० अदालत उपस्थित भएका थिए ।

    बुधबार दिनभर न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बयान भएको थियो । आजबाट उनको थुनछेक बहस सुरु भएको छ । थुनछेक बहस सुरु हुनुअघि सरकारी वकिलहरूले न्यायाधीश योगीमाथि प्रश्न उठाएका छन् ।

    थुनछेक बहसका लागि अदालतमा उपस्थित गराइएका प्रतिवादीलाई परिवारको जिम्मा लगाएर छाडेको भन्दै सरकारी वकिलले प्रश्न उठाएका हुन् । यो मुद्दामा न्यायाधीश योगीले ‘रिक्युजल’ लिनुपर्ने सरकारी वकिलहरूको तर्क थियो ।

    कानुनी भाषामा रिक्युजल भन्नाले ‘मुद्दा हेर्न नमिल्ने घोषणा’ भन्ने अर्थ लाग्छ ।

    ‘तपाईं ९न्यायाधीश०ले हिजै परिवारको जिम्मा लगाएर छाडेपछि थुनछेकको क्रममा बयान दिन आएको मान्छेलाई त्यसरी छाड्न मिल्दैन,’ इजलासमा थुनछेक बहस सुरु हुनअघि सरकारी वकिलले भने, ‘न्यायाधीशको एक किसिमको मानसिकता देखिइसकेको छ । न्यायाधीशले के आदेश गर्छन् भन्ने यसले प्रतिबिम्बित गर्छ । त्यसकारण श्रीमान्‌ले यो मुद्दा नहेर्दा राम्रो हुन्छ ।’

    सहकारी पीडितका तर्फबाट बहस गर्न इजलासमा पुगेका वरिष्ठ अधिवक्ताहरू डा। सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले पनि सोही कुरा इजलासमक्ष राखेका थिए । प्रतिवादी तर्फका वकिलहरूले भने ‘रिक्युजल’ आवश्यक नभएको जिकिर गरे ।

    त्यसपछि न्यायाधीश योगीले आफू मुद्दाबाट पछि नहट्ने अडान लिएपछि थुनछेक बहस सुरु भएको इजलास स्रोतले अनलाइखबरलाई बतायो ।

    खाजा ब्रेक सुरु हुनुअघि सरकारी वकिलका ७ जनामध्ये ४ जनाले बहस सकिसकेका छन् । सरकारी वकिलका तर्फबाट अब ३ जनाको बाँकी छ ।

    त्यसपछि पीडित र प्रतिवादीका तर्फबाट वकिलहरूले बहस गर्नेछन् । आज रवि लामिछानेको मुद्दा के होला भन्ने सबैका चासो छ र संवभत आजै फैसला आउनेछ ।

     

  • दसैँपछि ढिलो कार्यालय पुगेको भन्दै मेयरले खोसे प्रमुख प्रशासकीय अधिकृतको गाडी सुविधा, कार्यकक्षमा तालाबन्दी

    विराटनगर । दसैँ बिदापछि कार्यालयमा ढिलो उपस्थित भएको विषयलाई लिएर सुनसरीको वराहक्षेत्र नगरपालिकाका मेयर रमेश

  • खगेन्द्र सुनारमाथि तत्काल छानबिन र निलम्बनको माग, विवादले सरकार र पार्टीको छविमाथि गम्भीर प्रश्न

    काठमाडौँ । सांसद खगेन्द्र सुनारसँग जोडिएका विवाद र सार्वजनिक आलोचनाले सरकार तथा सम्बन्धित राजनीतिक दलको

  • अर्घाखाँचीका सडकमा गुणस्तरको प्रश्न : तीन वर्षदेखि उस्तै समस्या, डिभिजन प्रमुख भन्छन्- ‘केही कमजोरी भएको छ’

    अर्घाखाँची । अर्घाखाँचीमा सडक निर्माण तथा मर्मतका कामको गुणस्तर, गति र प्रभावकारितामाथि गम्भीर प्रश्न उठेको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend