काठमाडौँ । गायक सविन सुवेदीको स्वर रहेको प्रेमकथामा आधारित नयाँ गीत ‘ओई माया ओई’ सार्वजनिक भएको छ ।
सञ्चारकर्मी समेत रहेका गीतकार शान्तिप्रियको शब्द रहेको गीतमा दीपक शर्माले संगीत दिएका छन् । छायाँछवी क्रियशनले गीतको भिडियो निर्माण गरेको छ ।
जसमा काकार श्रीदेव भट्टराई र अनामिका चौलागाईको अभिनय छ । प्रेमकथा देखाउन खोजिएको गीतमा बालकलाकार परिषा थापा र रोनिश खड्काको समेत अभिनय छ ।
भिडियोको निर्देशक सियोन श्रेष्ठले गरेका हुन् । सन्जिवनी गोपालीको कोरियोग्राफी रहेको भिडियोमा दिनेश पराजुलीको छायांकन र शिलन लम्सालको सम्पादन छ ।