Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

बेलायतमा 'मेरो भ्वाइस युनिभर्स' र 'मेरो डान्स युनिभर्स'को अडिसन हुँदै


२९, माघ २०८१
  • 228
    SHARES
  • बेलायतमा 'मेरो भ्वाइस युनिभर्स' र 'मेरो डान्स युनिभर्स'को अडिसन हुँदै

    लन्डन । बेलायतमा आउँदो शनिबार अन्तर्राष्ट्रिय स्तरका दुई रियालिटी शो हुने भएका छन् ।

    मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स सिजन २ को युके अडिसन यही १५ फेब्रुअरी शनिबार अल्डरसटको एम्पायर हलमा हुन लागेको हो ।

    इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले संसारभरका नेपालीभाषी समुदायबाट गायन र नृत्य क्षेत्रका उत्कृष्ट प्रतिभाहरू पहिचान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको हो ।

    युके अडिसनमा ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को निर्णायक भूमिकामा वरिष्ठ गायक दीप श्रेष्ठ, सङ्गीतकार सुरेश अधिकारी, गायकहरु शिव परियार र पुष्पन प्रधान, गायिका अन्जु पन्त र तृष्णा गुरुङ रहेका छन् ।

    यसैगरी ‘मेरो डान्स युनिभर्स सिजन २’ का लागि निर्णायकमा वरिष्ठ कलाकार मिथिला शर्मा, नायक दिलीप रायमाझी, चर्चित अभिनेतृ शिल्पा मास्के, चर्चित कोरियोग्राफरहरु शंकर विसी, कविराज गहतराज र किरण थापा रहेका छन् ।

    मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सका लागि बेलायतबाट हालसम्म करिब दुई दर्जनले नाम दर्ता गराइसकेको र इच्छुक व्यक्तिलाई सहभागिताको लागि अझै पनि आवेदन खुला रहेको युके अडिसनका संयोजक मनसुदन थापामगरले जानकारी दिए ।

    सहभागी हुन चाहने प्रतिष्पर्धीहरुले फाउन्डेसनको वेवसाइटमार्फत आवेदन दिन सकिने बताइएको छ । अनलाइन वा फिजिकल फर्ममार्फत अडिसनमा भाग लिन सकिनेछ । अडिसन कार्यक्रम निःशुल्क भएकाले सबैलाई उपस्थित भएर नव प्रतिभाहरूमा हौसला प्रदान गर्न समेत संयोजक मगरको अनुरोध छ ।

    युके अडिसनका लागि अमेरिकाबाट आयोजक इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका अध्यक्ष डिल्ली अधिकारीसहित अन्य आयोजक र कलाकार गरी १२ जना यही १२ फेब्रुअरी लन्डन आइपुग्दै छन् भने नेपालबाट कलाकारहरू केकी अधिकारी, सुनिता दुलाल, धिरेन शाक्य र सञ्चारकर्मी नरेश भट्टराई १३ तारिख बेलुका लन्डन आइपुग्ने कार्यक्रम छ ।

    सन् २०२३ मा रियालिटी सो को पहिलो सिजन सफलतापूर्वक सम्पन्न भएको थियो भने दोस्रो संस्करणका लागि युरोप महादेशमा बेलायत र पोर्चुगल, पूर्वी एसियाका लागि थाइल्यान्ड, हङकङ र जापानमा, मध्यपूर्वका लागि दुबई र कतार, अस्ट्रेलियाका लागि सिड्नी, भारतका लागि सिलिगुरी र मुम्बई एवं नेपालमा बिर्तामोड, नेपालगन्ज, पोखरा र काठमाडौँमा अडिसनहरू हुनेछन् ।

    विश्वभरबाट स्थलगत अडिसनमा छनौट भएका भ्वाइसका लागि १२० र डान्सका लागि १२० गरी २४० जना कलाकारहरूलाई थप प्रतिस्पर्धाका लागि काठमाण्डौं लगिने बताइएको छ । युकेबाट सहभागी प्रतिभाहरूको स्तर हेरि बढीमा ५ जनासम्म छनोट गरी अर्को राउण्डका लागि नेपाल लगिने आयोजकले जनाएका छन् ।

    संसारभर रहेका नेपालीमूल अर्थात नेपाली जातिबिचको साझा सांस्कृतिक चौतारी बन्न सकोस्, नेपाली कला संस्कृतिका माध्यमबाट सबैलाई एउटै सूत्रमा जोड्न सकियोस् र नेपालीभाषी प्रतिभाहरूलाई जहाँ बसेपनि आफ्नो संस्कृतिमा गर्व गर्न सक्ने अवसर दिन सकियोस् भन्ने उद्देश्यले रियालिटी शो गरिएको आयोजकले बताए । नेपाली संस्कृति र सांस्कृतिक पहिचानलाई संरक्षण, संवर्द्धन र उत्थान गर्न विदेशमा बस्ने नेपालीहरूलाई आयोजकको आग्रह छ ।

  • भोटेकोशी बाढीपीडितका लागि ‘एलिफेन्ट्स इन द फग’को विश्वभर च्यारिटी स्क्रिनिङ, पेरिसमा विशेष प्रदर्शन

    काठमाडौं । नेपालबाट आगामी ओस्कार अवार्डका लागि सिफारिस भएको चलचित्र तिनीहरू : एलिफेन्ट्स इन द

  • हरिवंश आचार्यले भने– ‘काठमाडौंलाई बिग्रिनबाट रोक्ने समय आएको छ’

    काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पछिल्लो समय काठमाडौं महानगरपालिकामा सरसफाइ, सौन्दर्य र व्यवस्थापनका क्षेत्रमा

  • अस्करको अन्तर्राष्ट्रिय दौडमा नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट

    काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर)को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाका लागि नेपालबाट तिनीहरू :

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend