Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

‘लाज शरणम्’को ट्रेलर रिलिज स्थगित


७, फागुन २०८१
  • 244
    SHARES
  • ‘लाज शरणम्’को ट्रेलर रिलिज स्थगित

    काठमाडौँ । उच्च अदालत पाटनले फिल्म ‘लाज शरणम्’को प्रचार प्रसारमा रोक लगाएपछि ट्रेलर रिलिज स्थगित भएको छ ।

    आजका लागि तय भएको  ट्रेलर रिलिज स्थगित गरिएको फिल्म निर्माण युनिटले जानकारी दिएको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय लालबहादुर कुवर र हेमन्त रावलको इजलासले मंगलबार अन्तरिम आदेश जारी गर्दै प्रचारप्रसारमा रोक लगाएको थियो ।

    कर्तव्य ज्यान मुद्दामा रौतहट जिल्ला अदालतको आदेशले थुनामा रहेका नेपाली कांग्रेसका निलम्बित सांसद मोहम्मद अफताव आलमले दायर गरेको रिटमा यस्तो आदेश गरेको हो ।

    उच्च अदालतले अन्तरिम आदेश खारेज नगरेसम्म अब फिल्म प्रचार र हलमा प्रदर्शन गर्न पाइने छैन । आलमले फिल्मको पोष्टरमा आफ्नो अनुहार झल्काउने गरेर देखाइएको र जसले आफूलाई अपहेलना गरेको र विचाराधीन मुद्दामा प्रभावित पारेको भन्दै रिट दायर गरेका थिए ।

    फागुन २ गते दर्ता भएको रिटमा उच्च अदालतले मंगलबार दोस्रो सुनुवाइ गर्दे फिल्म प्रदर्शनमा रोक लगाएको हो ।

  • भोटेकोशी बाढीपीडितका लागि ‘एलिफेन्ट्स इन द फग’को विश्वभर च्यारिटी स्क्रिनिङ, पेरिसमा विशेष प्रदर्शन

    काठमाडौं । नेपालबाट आगामी ओस्कार अवार्डका लागि सिफारिस भएको चलचित्र तिनीहरू : एलिफेन्ट्स इन द

  • हरिवंश आचार्यले भने– ‘काठमाडौंलाई बिग्रिनबाट रोक्ने समय आएको छ’

    काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पछिल्लो समय काठमाडौं महानगरपालिकामा सरसफाइ, सौन्दर्य र व्यवस्थापनका क्षेत्रमा

  • अस्करको अन्तर्राष्ट्रिय दौडमा नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट

    काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर)को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाका लागि नेपालबाट तिनीहरू :

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend