Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

फिल्म ‘द्रौपदी’ लाई विशेष चलचित्र अवार्ड


१२, फागुन २०८१
  • 127
    SHARES
  • फिल्म ‘द्रौपदी’ लाई विशेष चलचित्र अवार्ड

    काठमाडौंँ । ऋषिराज आचार्य निर्देशित फिल्म ‘द्रौपदी’ ले  ‘नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५’ मा विशेष चलचित्र पुरस्कार प्राप्त गरेको छ ।

    आइतबार साँझ सम्पन्न महोत्सवमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले चलचित्रलाई उक्त अवार्ड प्रदान गरेका हुन ।

    अर्गानिक कथामा निर्माण भएको फिल्मले अवार्ड प्राप्त गर्दा खुसी लागेको लेखक तथा निर्देशक ऋषिराज आचार्यले बताए । कार्यक्रममा फिल्मकी अभिनेत्री आश्विनी साहले जुरी अवार्ड समेत प्राप्त गरिन् ।

    आगामी चैत ८ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘द्रौपदी’ डोल्पाको शे फोक्सुण्डो ताल लगायत कर्णालीका विभिन्न भेगमा छायाङ्कन गरिएको हो । ‘द्रौपदी’ अन्तर्राष्ट्रिय बजारलाई समेत मध्यनजर गरि निर्माण भएको हो ।

    फिल्ममा आश्विनी शाही, रवि ओड, कबिराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, विष्णु ठडराई (सुवास), प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारी र ऋषिराज आचार्य स्वयंको पनि अभिनय छ । फिल्मको कथा, पटकथा, सम्बाद र गीत समेत निर्देशन आचार्यको छ ।

    अनिल महर्जनको सम्पादन, सौरभ शर्मा संगीत, मोहन कुमार झिल्लुका छायाङ्कन रहेको फिल्म आर बि मुभिजको ब्यानरमा बनेको हो । फिल्मका निर्माता आचार्य र प्रकाश ज्ञवाली हुन् । फिल्मलाई एप्पल इन्टरटेन्टमेन्ट, एफडि कम्पनी र रिच इन्टरटेन्टमेन्टले संयुक्त रुपमा वितरण गर्दैछ ।
     

  • भोटेकोशी बाढीपीडितका लागि ‘एलिफेन्ट्स इन द फग’को विश्वभर च्यारिटी स्क्रिनिङ, पेरिसमा विशेष प्रदर्शन

    काठमाडौं । नेपालबाट आगामी ओस्कार अवार्डका लागि सिफारिस भएको चलचित्र तिनीहरू : एलिफेन्ट्स इन द

  • हरिवंश आचार्यले भने– ‘काठमाडौंलाई बिग्रिनबाट रोक्ने समय आएको छ’

    काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पछिल्लो समय काठमाडौं महानगरपालिकामा सरसफाइ, सौन्दर्य र व्यवस्थापनका क्षेत्रमा

  • अस्करको अन्तर्राष्ट्रिय दौडमा नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट

    काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर)को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाका लागि नेपालबाट तिनीहरू :

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend