Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

ओस्कर अवार्डमा ‘अनोरा’ सर्वोत्कृष्ट चलचित्र घोषित


१९, फागुन २०८१
  • 155
    SHARES
  • ओस्कर अवार्डमा ‘अनोरा’ सर्वोत्कृष्ट चलचित्र घोषित

    एजेन्सी - ९७ औं ओस्कर अवार्डमा ‘अनोरा’ सर्वोत्कृष्ट चलचित्र घोषित भएको छ । डार्क कमेडी फिल्म ‘अनोरा’ का लागि शन बेकरले उत्कृष्ट निर्देशकको ओस्कारसमेत जितेका छन् ।

    यस पटक ओस्कारमा अनोराले उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेत्री, मौलिक पटकथा र सम्पादन गरेर कुल पाँच अवार्ड जितेको छ ।

    त्यस्तै द ब्रुटालिस्टका लागि एड्रियन ब्रोडीले उत्कृष्ट अभिनेताको ओस्कार जितेका छन् भने फिल्म अनोराका लागि माइकी म्याडिसनले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् ।

    त्यस्तै फिल्म एमिलिया पेरेजका लागि अभिनेत्री जो साल्डानाले उत्कृष्ट सहायक अभिनेत्रीको अवार्ड जितेकी छन् ।

    त्यस्तै ब्राजिलियन फिल्म आई एम स्टिल हियरले उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्मको अवार्ड जितेको छ भने फिल्म द ब्रुटालिस्टले उत्कृष्ट छायाँकनका लागि ओस्कार जितेको छ ।

    त्यसैगरी आई एम नट अ रोबोट डच एआई फिल्मले उत्कृष्ट छोटो चलचित्रको ओस्कार जितेको छ भने एल मालले एमिलिया पेरेजका लागि उत्कृष्ट मौलिक गीतको ओस्कार जितेको छ । त्यस्तै फिल्म विक्डले उत्कृष्ट निर्माण डिजाइनको ओस्कार जितेको छ ।

    अवार्ड वितरण कार्यक्रममा हालै निधन भएका पूर्व ओस्कर विजेता तथा प्रसिद्ध अभिनेता जीन ह्याकम्यानको स्मरण गरिएको छ ।

  • भोटेकोशी बाढीपीडितका लागि ‘एलिफेन्ट्स इन द फग’को विश्वभर च्यारिटी स्क्रिनिङ, पेरिसमा विशेष प्रदर्शन

    काठमाडौं । नेपालबाट आगामी ओस्कार अवार्डका लागि सिफारिस भएको चलचित्र तिनीहरू : एलिफेन्ट्स इन द

  • हरिवंश आचार्यले भने– ‘काठमाडौंलाई बिग्रिनबाट रोक्ने समय आएको छ’

    काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पछिल्लो समय काठमाडौं महानगरपालिकामा सरसफाइ, सौन्दर्य र व्यवस्थापनका क्षेत्रमा

  • अस्करको अन्तर्राष्ट्रिय दौडमा नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट

    काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर)को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाका लागि नेपालबाट तिनीहरू :

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend