काठमाडौँ । फागुन २४ गते शनिबार भक्तपुरको सल्लाघारीमा गायक सुशान्त केसीको कन्सर्ट आयोजना हुँदैछ । साढे २ वर्षपछि पहिलोपटक काठमाडौँ उपत्यकामा ‘सुशान्त केसी लाइभ इन नेपाल’ नामक कार्यक्रम राखिएको हो ।
यसैबिच काठमाडौँ महानगरका मेयर बालेन शाहलाई पनि कन्सर्टमा उपस्थित हुन गायक केसीले निम्तो दिएका छन् । आफूले बालेनलाई निम्तो दिएको र उनले कन्सर्टमा सहभागी हुने आशा राखेको सुशान्तले जानकारी दिएका छन् ।
गायक केसीले बालेनसँगको भेटबारे सामाजिक सञ्जाल फेसबुकबाट जानकारी दिएका छन् । उनले लेखेका छन्- ‘मेयर बालेन शाहसँग राम्रो कुराकानी भयो । र्यापदेखि जिम्मेवारीसम्म । वास्तवमै लिजेन्ड । काठमाडौँ कसरी अझ जीवन्त र सुन्दर शहरमा विकसित हुँदैछ भनेर प्रशंसा गर्न पाउँदा सम्मानित महसुस भयो । आशा छ कन्सर्टमा भेट्नेछु ।’