Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

जेठमा प्रदर्शन मिति तोक्दै ‘हेल्लो काशीराम’ ले ल्यायो फस्टलुक्स


२६, फागुन २०८१
  • 134
    SHARES
  • जेठमा प्रदर्शन मिति तोक्दै ‘हेल्लो काशीराम’ ले ल्यायो फस्टलुक्स

    काठमाडौँ । फिल्म ‘हेल्लो काशीराम’ को फष्टलुक्स सार्वजनिक गरिएको छ ।

    निर्माण युनिटले फष्टलुक्समा फिल्मको एक पोस्टर बाहिर ल्याएको हो । जसमा प्रदर्शन मिति पनि सार्वजनिक गरेको छ । पोस्टरमा निर्माण युनिटले फिल्मको प्रदर्शन मिति आगामी २०८२ जेठ २ गतेलाई तय गरेको छ ।

    पोस्टरमा अभिनेता दिलीप रायमाझीलाई एउटा बोको बोकेर हिँडिरहेको देख्न सकिन्छ । जसले दर्शकलाई फिल्म कमेडी शैलीमा निर्माण भएको सङ्केत गर्छ । फिल्मको कथावस्तु अहिले खुलाइएको छैन । तर निर्माण टिमका अनुसार, छिट्टै सार्वजनिक हुने टिजरमार्फत थप जानकारी उपलब्ध गराइनेछ ।

    फिल्ममा दिलीप रायमाझीसँगै सुरवीर पण्डित, रामचन्द्र अधिकारी, सुशील पोखरेल, उमेश राई (फुलन्देको आमा), भगेरी डन, नवज्योती रसाइली, सुमन खाँण, अजय न्यौपाने, सरोज केसी, उमेश मायाललगायतको अभिनय छ ।

    फिल्मको निर्देशन रिम विश्वकर्माले गरेका हुन् । फिल्ममा दर्शकले चर्चित अभिनेत्री प्रियङ्का कार्कीलाई विशेष गेस्टका रूपमा देख्न पाउनेछन् ।

    रेडलाइन फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको फिल्मको लेखन तथा निर्देशन रिमा विश्वकर्माले गरेका हुन् । यसका निर्माता पीबी थापा रहेका छन् भने यम आलेले फिल्म खिचेका हुन् । डेढ करोडको लागतमा निर्माण भएको फिल्ममा मित्रडी गुरुङको सम्पादन छ ।

    फिल्मको नृत्य निर्देशन कविराज गहतराजले गरेका हुन् । द्वन्द्व शङ्कर महर्जनको फिल्मको अन्तर्राष्ट्रिय मिडिया म्यानेजमेन्टको जिम्मा ‘सेलिब्रेटी टाइम्स प्रालि’ले लिएको छ । नेपालभित्र मात्र नभई, विदेशमा रहेका नेपाली दर्शकमाझ पनि फिल्मको पहुँच पुर्‍याउन डिजिटल र पारम्परिक माध्यमहरू प्रयोग गरिने सेलिब्रेटी टाइम्सले जनाएको छ ।

  • भोटेकोशी बाढीपीडितका लागि ‘एलिफेन्ट्स इन द फग’को विश्वभर च्यारिटी स्क्रिनिङ, पेरिसमा विशेष प्रदर्शन

    काठमाडौं । नेपालबाट आगामी ओस्कार अवार्डका लागि सिफारिस भएको चलचित्र तिनीहरू : एलिफेन्ट्स इन द

  • हरिवंश आचार्यले भने– ‘काठमाडौंलाई बिग्रिनबाट रोक्ने समय आएको छ’

    काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पछिल्लो समय काठमाडौं महानगरपालिकामा सरसफाइ, सौन्दर्य र व्यवस्थापनका क्षेत्रमा

  • अस्करको अन्तर्राष्ट्रिय दौडमा नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट

    काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर)को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाका लागि नेपालबाट तिनीहरू :

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend