Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

‘महाभोज’ जेठ १५ गतेदेखि प्रदर्शनमा आउने


२७, फागुन २०८१
  • 142
    SHARES
  • ‘महाभोज’ जेठ १५ गतेदेखि प्रदर्शनमा आउने

    काठमाडौँ । दिनेश राउत निर्देशित फिल्म ‘महाभोज’ आगामी जेठ १५ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने भएको छ । फिल्म गणतन्त्र दिवसको अवसर पार्दै प्रदर्शनमा आउने भएको हो ।

    मंगलबार फिल्मको फष्टलुक्स पोस्टर सार्वजनिक गर्दै निर्माता प्रदर्शन मिति घोषणा गरेका हुन् । फिल्म नेपालसहित विदेशमा पनि एकसाथ रिलिज गर्ने तयारी भइरहेको छ ।

    पोस्टरमा फिल्मका केही कलाकार अटाएका छन् । जसको गम्भीर र चुनौतीपूर्ण हाउभाउ छ । पोस्टरको केन्द्रमा टोपी लगाएका पुरुषलाई देख्न सकिन्छ, जो अभिनेता आर्यन सिग्देल हुन्, उनले राजनीतिक वा प्रशासनिक व्यक्तित्वको प्रतिनिधित्व गर्न सक्छन् । उनका वरिपरि अन्य कलाकार दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ र मलिका महत छन्, उनीहरूको अनुहारमा आक्रोश, पीडा, अन्याय, र सङ्घर्षका भाव देखिन्छ ।

    सामाजिक तथा यथार्थपरक विषयमाथि बनेको ‘महाभोज’ आर्यन, दयाहाङ, खगेन्द्र, अञ्जना, गौमाया, मलिकाको अलवा वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाह लगायतका कलाकारको अभिनय छ ।

    क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त निर्माण रहेको फिल्म हिमाल कडरियाले बनाएका हुन् । विकास सुवेदीको लेखन, राजेश श्रेष्ठको छायांकन, निमेष श्रेष्ठ सम्पादन रहेको फिल्म काफिया फिल्मस् र कुबेर सिने डिस्ट्रिब्युसनले वितरण गर्दैछ । 

  • भोटेकोशी बाढीपीडितका लागि ‘एलिफेन्ट्स इन द फग’को विश्वभर च्यारिटी स्क्रिनिङ, पेरिसमा विशेष प्रदर्शन

    काठमाडौं । नेपालबाट आगामी ओस्कार अवार्डका लागि सिफारिस भएको चलचित्र तिनीहरू : एलिफेन्ट्स इन द

  • हरिवंश आचार्यले भने– ‘काठमाडौंलाई बिग्रिनबाट रोक्ने समय आएको छ’

    काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पछिल्लो समय काठमाडौं महानगरपालिकामा सरसफाइ, सौन्दर्य र व्यवस्थापनका क्षेत्रमा

  • अस्करको अन्तर्राष्ट्रिय दौडमा नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट

    काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर)को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाका लागि नेपालबाट तिनीहरू :

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend