Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

कागजविहीन अदालतको यात्रामा अघि बढिसक्यौँ : प्रधानन्यायाधीश राउत


१२, चैत २०८१
  • 156
    SHARES
  • कागजविहीन अदालतको यात्रामा अघि बढिसक्यौँ : प्रधानन्यायाधीश राउत

    काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले कागजविहीन अदालतको यात्रामा आफूहरू अघि बढिसकेको बताएका छन् ।

    मंगलबार राउतले सर्वोच्च अदालतमा आयोजित सर्वोच्च अदालतबाट सातै प्रदेशमा रहेका मुख्य न्यायाधिवक्ताको कार्यालयहरूलाई दिइने पेशीको सूचना पठाउने अनलाइन प्रणाली तथा जिल्ला अदालतहरूको विशेष प्रकृतिको निवेदन दर्ता तथा व्यवस्थापन गर्ने अनलाइन प्रणालीको शुभारम्भ गरेका हुन् ।

    उनले कागजविहीन अदालतको यात्रामा अघि बढ्ने कुरामा वकिल, न्यायाधीश, कानुन व्यवसायी तयार हो की होइन ? भन्दै प्रश्न गरे । अब पनि ढिलो भयो भने फेरि जुडिसियल रिफर्म हुन नसक्ने उनको भनाई थियो ।

    प्रधानन्यायाधीश राउतले भने, ‘हामी पेपरलेस कोर्टको यात्रामा गएको छौँ । प्रश्न कहाँनेर छ भने त्यसको लागि विद्वान कानुन व्यवसायी, सरकारी वकिल साथीहरू र हामी अदालतका सबै तयार भएका हौँ की होइनौँ ?

    अब पनि ढिलो भयो भने फेरि जुडिसियल रिफर्म हुँदैन । यो बटमलाइन हो । हामीले न्यायिक सुधार गर्नै पर्ने भएको छ । तर न्यायिक सुधार गर्ने आधार र माध्यम धेरै होलान् । तर एउटा माध्यम के पनि हो भने प्रविधिमार्फत हुने सुधार हो । यति कुरा गर्न सक्दा जुडिसियल रिफर्मलाई धेरै मद्दत पुग्छ ।’

    न्यायिक सुधार गर्नै पर्ने भएको र न्यायिक सुधार गर्ने आधार र माध्यम धेरै भएको राउतले बताए । प्रविधिमार्फत पनि न्यायमा सुधार गर्न सकिने बताए । उनले प्रविधिले दिगो, पारदर्शी र विश्वसनीय बनाउन मद्दत पुग्नुका साथै अनियमितता, विकृति र विसङ्गति हटाउने जिकिर गरे । 

     

  • कर छली नियन्त्रणमा आन्तरिक राजस्व विभागको कडाइ, ३६० करदाताको विस्तृत अनुसन्धान हुने

    काठमाडौं । कारोबारलाई डिजिटल प्रणालीमा आबद्ध गर्दै कर छली नियन्त्रण, राजस्व चुहावट रोकथाम र अर्थतन्त्रलाई

  • त्रिभुवन विमानस्थलमा फेरि तनाव, दुर्गा प्रसाईँका समर्थक र प्रहरीबीच घम्साघम्सी

    काठमाडौं । झापाबाट काठमाडौं फर्किएका दुर्गा प्रसाईँलाई विमानस्थल परिसरमा सञ्चारमाध्यमसँग प्रतिक्रिया दिन प्रहरीले रोकेपछि त्रिभुवन

  • जेनजी सहिद स्मृति सभामा विवादित पात्रको उपस्थितिले उठायो गम्भीर प्रश्न

    सरकारी सहभागिता रहेको संवेदनशील कार्यक्रममा श्रीनिवास आचार्य र विजय भण्डारीको उपस्थितिमाथि आयोजकसँग जवाफ माग काठमाडौं ।

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend