Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

फ्राईडे रिलिज : देशभर ‘वसन्त’ प्रदर्शनमा


२२, चैत २०८१
  • 197
    SHARES
  • फ्राईडे रिलिज : देशभर ‘वसन्त’ प्रदर्शनमा

    काठमाडौं । आज (शुक्रबार)बाट फिल्म ‘वसन्त’ प्रदर्शनमा आएको छ । फ्राईडे रिलिज अन्तर्गत प्रदर्शनमा आएको फिल्मले सोलो रिलिज अवसर पाएको हो ।

    यद्यपि देशभरको फिल्म हल यसले मात्र पाएको छैन । किनभने यस अगाडि रिलिज भएका ‘अञ्जिला’, ‘लाज शरणम्’ लगायत फिल्मले अझै धेरै स्टेसन ओगटेर छन् ।

    ‘वसन्त’ प्रकाश सपुतको निर्देशनमा डेव्यु फिल्म हो । नेपाल र विदेशका केही देशमा एकसाथ रिलिज भएको फिल्ममा प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्कबहादुर पुन (खबपु), अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहारीको अभिनय छ । 

    गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामाको फिल्ममा कथा, पटकथा र संगीत समेत सपुतकै छ । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा फिल्मले बोकेको छ ।

    फिल्मका निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र वीरेन्द्र नारायण श्रेष्ठ हुन् । फिल्मले केन्द्रीय जाँच समिति (सेन्सर बोर्ड)बाट युनिभर्सल सर्टिफिकेट पाएको छ ।

     

  • भोटेकोशी बाढीपीडितका लागि ‘एलिफेन्ट्स इन द फग’को विश्वभर च्यारिटी स्क्रिनिङ, पेरिसमा विशेष प्रदर्शन

    काठमाडौं । नेपालबाट आगामी ओस्कार अवार्डका लागि सिफारिस भएको चलचित्र तिनीहरू : एलिफेन्ट्स इन द

  • हरिवंश आचार्यले भने– ‘काठमाडौंलाई बिग्रिनबाट रोक्ने समय आएको छ’

    काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पछिल्लो समय काठमाडौं महानगरपालिकामा सरसफाइ, सौन्दर्य र व्यवस्थापनका क्षेत्रमा

  • अस्करको अन्तर्राष्ट्रिय दौडमा नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट

    काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर)को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाका लागि नेपालबाट तिनीहरू :

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend