काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री एवम् प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत सांसद पदबाट निलम्बित भएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज (बिहीबार) बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । यो मुद्दा दायरसँगै उनी सांसद पदबाट स्वतः निलम्बित भएका हुन् ।