Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

‘हेल्लो काँशिराम’ र ‘के घर के डेरा घर नं. २’ आजदेखि प्रदर्शनमा


२, जेठ २०८२
  • 95
    SHARES
  • ‘हेल्लो काँशिराम’ र ‘के घर के डेरा घर नं. २’ आजदेखि प्रदर्शनमा

    काठमाडौं । आजदेखि दुई नयाँ नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । चलचित्र ‘हेल्लो काँशिराम’ र ‘के घर के डेरा घर नं. २’ आजदेखि प्रदर्शनमा आएका हुन ।

    हास्य विधाको चलचित्र हेल्लो काँशिराममा अभिनेता दिलीप रायमाझी मुख्य भूमिका रहेको छ ।

    चलचित्रमा सुरविर पण्डित, रामचन्द्र अधिकारी, शुशिल पोखरेल, उमेश राई (फुलन्देको आमा), भगेरी डन, लगायतका कलाकारको विशेष अभिनय रहेको छ ।

    निर्माण रेडलाइन फिल्मस् प्रालिको ब्यानरमा रहेको चलचित्रको लेखन तथा निर्देशन रिम विश्वकर्माको रहेको छ ।

    त्यस्तै निर्माता पी.बी. थापा, छायाकार यम आले, सम्पादन तथा रङ्ग संयोजन मित्र डी.गुरुङको रहेको छ भने नृत्य निर्देशन कविराज गहतराज, द्वन्द्व निर्देशन शंकर महर्जन, र संगीत संयोजन नरेन्द्र वियोगी तथा विपिन आचार्य रहेको छ ।

    चलचित्रका गीतमा प्रताप दास, मेलिना राई, राजु परियार, किरण सुनार र अनिक गिरीको स्वर सुन्न सकिन्छ ।

    आजैदेखि प्रदर्शनमा आएको अर्को चलचित्र हो ‘के घर के डेरा घर नं. २’ । यो चलचित्र पूर्ण रूपमा सामाजिक विषयवस्तुमा आधारित छ । दीपेन्द्र के. खनालको निर्देशन रहेको चलचित्रको कथा चर्चित लेखक बुद्धिसागरद्वारा लेखिएको हो ।

    चलचित्रमा उपासना सिंह ठकुरी, केकी अधिकारी, सिर्जना नापित, रुविना घिमिरे निश्चल बस्नेत, खगेन्द्र लामिछाने, आर्यन सिग्देल, प्रकाश घिमिरे, संजोग रसाइली र सुरज विष्ट लगायतको अभिनय रहेको छ ।

    कार्यकारी निर्माता युवराज कार्की, निर्माताहरु नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन रहेको चलचित्र कृष्णबहादुर थापाको छायाँकनमा निर्माण भएको हो ।

  • भोटेकोशी बाढीपीडितका लागि ‘एलिफेन्ट्स इन द फग’को विश्वभर च्यारिटी स्क्रिनिङ, पेरिसमा विशेष प्रदर्शन

    काठमाडौं । नेपालबाट आगामी ओस्कार अवार्डका लागि सिफारिस भएको चलचित्र तिनीहरू : एलिफेन्ट्स इन द

  • हरिवंश आचार्यले भने– ‘काठमाडौंलाई बिग्रिनबाट रोक्ने समय आएको छ’

    काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पछिल्लो समय काठमाडौं महानगरपालिकामा सरसफाइ, सौन्दर्य र व्यवस्थापनका क्षेत्रमा

  • अस्करको अन्तर्राष्ट्रिय दौडमा नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट

    काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर)को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाका लागि नेपालबाट तिनीहरू :

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend