Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

सुर्खेतमा मिडिया हाउसको आडमा नक्कली नोट र अफिमको कारोबार


३२, असार २०८२
  • 145
    SHARES
  • सुर्खेतमा मिडिया हाउसको आडमा नक्कली नोट र अफिमको  कारोबार

    सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले मिडिया हाउस ‘जनगर्जन नेटवर्क प्रा. लि.’ को नाममा सञ्चालित नक्कली नोट छपाइ र अफिम कारोबारी एक संगठित गिरोहको पर्दाफास गर्दै पाँच जनालाई मंगलबार नियन्त्रणमा लिएको छ  । गिरोहका सदस्य जाजरकोट, कालिकोट र बाँकेका थिए, जसमा २२ वर्षीया दिलमाया सिंह ठकुरी, उनका दाई रामबहादुर सिंह, र जाजरकोट–भेरीगंगा क्षेत्रका कृष्णबहादुर वली र प्रेमबहादुर विक, साथै मिडिया संचालक ३४ वर्षीय मनबहादुर सहकारी रहेका छन्

    त्यहाँबाट १३ लाख भन्दा बढी बराबरको नक्कली रुपैयाँ, करीब ३० किलो अफिम र नोट छाप्न प्रयोग भएका प्रिन्टर, कम्प्युटर, क्यामरा, कार्ड रीडरलगायतका उपकरण बरामद भएका छन् । प्रारम्भिक सूचनाअनुसार, प्रहरीले वीरेन्द्रनगर–१०, शान्ति टोलमा दिलमायाले नक्कली नोट प्रयोग गर्न लागेको खबर मिल्यो, त्यसपछि विस्तृत अनुसन्धानले गिरोहको सम्पूर्ण नेटवर्क उजागर गर्‍यो  

    पक्राउ परेका गिरोहका योजनाकार मनबहादुर सहकारीले आफैँ नक्कली नोट छाप्ने स्वीकार गरेका छन्। उनले भनेका छन्– “‘अफिमको कारोबारमा नक्कली नोट सजिलै भिडाउन सकिने’ सोचेर यस काम गरेको”। अनुसन्धानका क्रममा उनले करीब १५ लाख रुपैयाँ बराबर नक्कली नोट छापेको खुल्न आएको छ, जसमा २ लाख रुपैयाँ अफिम कारोबारमा विलय गरिएको थियो 

    गिरोहका अन्य सदस्यहरू पनि प्रहरी सोधपुछमा आफ्नो संलग्नता स्वीकारेका छन् । यद्यपि, एक जना जयबहादुर विष्ट फरार रहेको र उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ 

    प्रहरी सूचनाको आधारमा डिजिटल फरेन्सिक परीक्षण गर्दै गिरोह कहाँसम्म गहिरो र विस्तृत छ भनेर अनुसन्धान जारी राख्दैछ। उनीहरू माथि लागूऔषध र मुद्रा सम्बन्धी संगठित अपराधको दोषमा कानूनअनुसार थप कारबाही अघि बढाइएको छ

    यो घटनाले नेपालको पश्चिम क्षेत्रमा फैलिएका नक्कली मुद्रा र लागूऔषध कारोबारबीचको सबन्ध अझ स्पष्ट बनाएको छ। प्रहरीले गिरोहको संरचना र आपराधिक श्रेणी थप विस्तृत रूपले उजागर गर्दै छ, र डिजिटल प्रमाणहरूलाई आधार बनाएर कानूनी प्रक्रिया अघि बढाइरहेको छ ।

  • कर छली नियन्त्रणमा आन्तरिक राजस्व विभागको कडाइ, ३६० करदाताको विस्तृत अनुसन्धान हुने

    काठमाडौं । कारोबारलाई डिजिटल प्रणालीमा आबद्ध गर्दै कर छली नियन्त्रण, राजस्व चुहावट रोकथाम र अर्थतन्त्रलाई

  • त्रिभुवन विमानस्थलमा फेरि तनाव, दुर्गा प्रसाईँका समर्थक र प्रहरीबीच घम्साघम्सी

    काठमाडौं । झापाबाट काठमाडौं फर्किएका दुर्गा प्रसाईँलाई विमानस्थल परिसरमा सञ्चारमाध्यमसँग प्रतिक्रिया दिन प्रहरीले रोकेपछि त्रिभुवन

  • जेनजी सहिद स्मृति सभामा विवादित पात्रको उपस्थितिले उठायो गम्भीर प्रश्न

    सरकारी सहभागिता रहेको संवेदनशील कार्यक्रममा श्रीनिवास आचार्य र विजय भण्डारीको उपस्थितिमाथि आयोजकसँग जवाफ माग काठमाडौं ।

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend