Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

अवैध आईभीएफ सेन्टरमाथि कारबाही: एकलाख जरिबानासहित ताला, ४५ दिनभित्र अनुमति नलिए पूर्णरूपमा बन्द गरिने


५, साउन २०८२
  • 102
    SHARES
  • अवैध आईभीएफ सेन्टरमाथि कारबाही: एकलाख जरिबानासहित ताला, ४५ दिनभित्र अनुमति नलिए पूर्णरूपमा बन्द गरिने

    बुटवल l संघीय स्वास्थ्य मन्त्रालयको स्वीकृति विना अवैध रूपमा सञ्चालनमा रहेका बुटवलका तीन आईभीएफ (In-Vitro Fertilization) केन्द्रमाथि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले अनुगमन गर्दै एकलाख रुपैयाँ जरिवानासहित ताला लगाएको छ ।

    प्रशासनको नेतृत्वमा जिल्ला स्वास्थ्य कार्यालय, रुपन्देही तथा सरोकारवालाहरूको सहभागितामा भएको अनुगमनपछि प्रनाभी, वरदान र वात्सल्य आईभीएफ सेन्टरलाई नयाँ बिरामी भर्ना गर्न नपाइने, पुरानाको उपचारलाई निरन्तरता दिने तर ४५ दिनभित्र सञ्चालन अनुमति नलिएमा पूर्णरूपमा बन्द गरिने चेतावनी दिइएको छ ।

    बुटवल-९ मिलनचोकस्थित वरदान आईभीएफ सेन्टर, बुटवल-६ स्थित वात्सल्य क्लिनिक र बुटवल-१० राजमार्ग चौराहास्थित प्रनाभी आईभीएफ सेन्टरले संघीय स्वीकृति नलिई संवेदनशील स्वास्थ्य सेवा सञ्चालन गरेको पुष्टि भएपछि कारबाही अघि बढाइएको हो ।

    स्वास्थ्य कार्यालयका वरिष्ठ ल्याब टेक्निसियन खिमलाल पाण्डेका अनुसार स्थानीय तहबाट सामान्य परामर्श अनुमति लिएर सञ्चालनमा रहेको वात्सल्य क्लिनिकलाई समेत एक लाख जरिबाना गरिएको छ। यदि पुनः आईभीएफ सेवा सञ्चालन गरेको भेटिएमा थप कानुनी कारबाही गरिने चेतावनी दिइएको छ ।

    यसैबीच तिलोत्तमा नगरपालिका वडा नं. ३ जानकीनगरस्थित विपासना फर्टिलिटी सेन्टरले भने आवश्यक स्वीकृति लिएको पुष्टि भएको छ ।

    अनुगमनका क्रममा श्रीकृष्ण आई केयर सेन्टर, तिलोत्तमा–१ मा पनि संघीय स्वास्थ्य निर्देशनालयबाट अनुमति नभएको पाइएपछि सेवा बन्द गराइएको छ ।

    अनुगमन टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना, नेपाल पत्रकार महासंघ अध्यक्ष दिनेश पाण्डे, औषधि व्यवसायी संघ अध्यक्ष कर्णबहादुर बस्नेत, वरिष्ठ गाइनोलोजिस्ट डा. वर्षा पौडेल लगायतको उपस्थिति थियो ।

    जनस्वास्थ्य सेवा नियमावली २०७७ के भन्छ?
    नियमावलीको परिच्छेद ४, नियम १२ अनुसार कसैले पनि इजाजतपत्र विना निजी, गैरसरकारी वा सहकारी स्वास्थ्य संस्था सञ्चालन गर्न सक्दैन ।
    नियम १२ (३) अनुसार नियमावली प्रारम्भ हुँदा अवैध रूपमा सञ्चालनमा रहेका संस्थाहरूले तीन महिनाभित्र इजाजतका लागि आवेदन दिनु पर्ने स्पष्ट प्रावधान छ ।

    आईभीएफ सेवा दिन चाहने संस्थाले स्त्री रोग सेवा, प्रयोगशाला, युएसजी, इम्ब्रोलोजी ल्याब, अपरेशन थ्रेटर र आकस्मिक सेवाको व्यवस्था सहित प्रारम्भिक विशेषज्ञ अस्पतालसँग सम्झौता गर्नु आवश्यक छ ।

  • कर छली नियन्त्रणमा आन्तरिक राजस्व विभागको कडाइ, ३६० करदाताको विस्तृत अनुसन्धान हुने

    काठमाडौं । कारोबारलाई डिजिटल प्रणालीमा आबद्ध गर्दै कर छली नियन्त्रण, राजस्व चुहावट रोकथाम र अर्थतन्त्रलाई

  • त्रिभुवन विमानस्थलमा फेरि तनाव, दुर्गा प्रसाईँका समर्थक र प्रहरीबीच घम्साघम्सी

    काठमाडौं । झापाबाट काठमाडौं फर्किएका दुर्गा प्रसाईँलाई विमानस्थल परिसरमा सञ्चारमाध्यमसँग प्रतिक्रिया दिन प्रहरीले रोकेपछि त्रिभुवन

  • जेनजी सहिद स्मृति सभामा विवादित पात्रको उपस्थितिले उठायो गम्भीर प्रश्न

    सरकारी सहभागिता रहेको संवेदनशील कार्यक्रममा श्रीनिवास आचार्य र विजय भण्डारीको उपस्थितिमाथि आयोजकसँग जवाफ माग काठमाडौं ।

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend