Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा ४४२ जना पक्राउ — वन र वन्यजन्तु अपराधमा कारबाही


९, साउन २०८२
  • 201
    SHARES
  • चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा ४४२ जना पक्राउ — वन र वन्यजन्तु अपराधमा कारबाही

    चितवन । चितवन राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्षभरि विभिन्न प्रकृतिका निकुञ्जसम्बन्धी अपराधमा संलग्न चार सय ४२ जनालाई पक्राउ गरी कानुनी कारबाही गरेका छन्। जानकारीअनुसार वनसम्बन्धी २६६ जनालाई र वन्यजन्तुसम्बन्धी १७६ जनालाई मुद्दा चलाइएको छ ।

    विशिष्ट प्रजाति सम्बन्धी कसुरहरूमा गैँडासम्बन्धी आठ, बाघ दुई, बँदेल २६, पन्क्षी तीन, सालक पाँच, माछासम्बन्धी एक सय २६, ढुङ्गा–बालुवा पाँच, घाँसदाउँराको एक सय ४१ र निगुरोसम्बन्धी ८७ जनालाई पक्राउ गरिएको निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरले बताए। अनुमति बिना निकुञ्जभित्र प्रवेश गर्ने २३, निषेधित क्षेत्रमा प्रवेश गर्ने तीन, हिमाली चरा–हिउँचितुवा सम्बन्धी दुई, चितुवा सम्बन्धी पाँच र च्याउसम्बन्धी चार जनाको पनि पक्राउ गरी कारबाही गरिएको उनले थपे ।

    पक्राउ परेकाविरुद्ध हालसम्म २६ वटा मुद्दा दर्ता भइसकेका छन्। तीमध्ये चार वटाबारे जिल्ला अदालतमा र बाँकी निकुञ्ज कार्यालयमै दर्ता भएको छ। अदालतमा सुचारु भएका केसहरूमा सालक, गैँडा र बाघसम्बन्धी प्रमुख चार अभियोग समावेश छन्। निकुञ्जले दर्ता गरेको कुल २६ मध्ये १४ वटाको फैसला भइसकेको छ, जसमा अघिल्लो आर्थिक वर्षतर्फबाट जिम्मेवारी सारिएका २७ वटा मुद्दाहरू पनि समेटिएका थिए। चालु आर्थिक वर्षका लागि हाल २६ वटा मुद्दा जिम्मेवारी सरी निकुञ्जमा बाँकी रहेको बताए ।

    निकुञ्जका अधिकारीहरूका अनुसार वन्यजन्तु संरक्षण र निकुञ्जको सुरक्षा सुनिश्चित गर्न थप निगरानी र प्रभावकारी कानुनी प्रक्रिया संरचना अपरिहार्य रहेको छ ।

  • दसैँपछि ढिलो कार्यालय पुगेको भन्दै मेयरले खोसे प्रमुख प्रशासकीय अधिकृतको गाडी सुविधा, कार्यकक्षमा तालाबन्दी

    विराटनगर । दसैँ बिदापछि कार्यालयमा ढिलो उपस्थित भएको विषयलाई लिएर सुनसरीको वराहक्षेत्र नगरपालिकाका मेयर रमेश

  • खगेन्द्र सुनारमाथि तत्काल छानबिन र निलम्बनको माग, विवादले सरकार र पार्टीको छविमाथि गम्भीर प्रश्न

    काठमाडौँ । सांसद खगेन्द्र सुनारसँग जोडिएका विवाद र सार्वजनिक आलोचनाले सरकार तथा सम्बन्धित राजनीतिक दलको

  • अर्घाखाँचीका सडकमा गुणस्तरको प्रश्न : तीन वर्षदेखि उस्तै समस्या, डिभिजन प्रमुख भन्छन्- ‘केही कमजोरी भएको छ’

    अर्घाखाँची । अर्घाखाँचीमा सडक निर्माण तथा मर्मतका कामको गुणस्तर, गति र प्रभावकारितामाथि गम्भीर प्रश्न उठेको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend