Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

‘लिचि बगैंचा’ घुस प्रकरणमा मुछिएका सुजन लामा र के. गिरी एमालेबाट निलम्बन


१८, साउन २०८२
  • 240
    SHARES
  • ‘लिचि बगैंचा’ घुस प्रकरणमा मुछिएका सुजन लामा र के. गिरी एमालेबाट निलम्बन

    पोखरा । नेकपा एमाले गण्डकी प्रदेश कमिटीले ‘लिचि बगैंचा’ घुस प्रकरणमा संलग्न रहेको अडिओ सार्वजनिक भएपछि बिचौलियाको भूमिकामा रहेका सुजन लामालाई पार्टीबाट निलम्बन गर्ने निर्णय गरेको छ । शनिबार र आइतबार बसेको प्रदेश कमिटीको बैठकले लामासँगै मुद्दा खेपिरहेका प्रदेश विभाग सदस्य के. गिरीलाई पनि निलम्बन गरेको हो ।

    प्रदेश कमिटी सचिव धनन्जय दवाडीका अनुसार, तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासँग बार्गेनिङ गरिरहेको अडिओ सार्वजनिक भएपछि लामा विवादमा मुछिएका थिए । उक्त घटनापछि गुप्ताले मन्त्री पदबाट राजीनामा दिएका थिए ।

    प्रदेश कमिटीका सल्लाहकार परिषद् सदस्य रहेका लामासँग पहिले स्पष्टिकरण मागिएको थियो, तर स्पष्टीकरण चित्तबुझ्दो नलागेपछि उनलाई सफाइ नपाउँदासम्मका लागि निलम्बन गरिएको दवाडीले बताए । घुस प्रकरणले गम्भीर रूप लिन थालेपछि पार्टीले आन्तरिक अनुशासनका आधारमा कारबाही अघि बढाएको जनाएको छ ।

  • कर छली नियन्त्रणमा आन्तरिक राजस्व विभागको कडाइ, ३६० करदाताको विस्तृत अनुसन्धान हुने

    काठमाडौं । कारोबारलाई डिजिटल प्रणालीमा आबद्ध गर्दै कर छली नियन्त्रण, राजस्व चुहावट रोकथाम र अर्थतन्त्रलाई

  • त्रिभुवन विमानस्थलमा फेरि तनाव, दुर्गा प्रसाईँका समर्थक र प्रहरीबीच घम्साघम्सी

    काठमाडौं । झापाबाट काठमाडौं फर्किएका दुर्गा प्रसाईँलाई विमानस्थल परिसरमा सञ्चारमाध्यमसँग प्रतिक्रिया दिन प्रहरीले रोकेपछि त्रिभुवन

  • जेनजी सहिद स्मृति सभामा विवादित पात्रको उपस्थितिले उठायो गम्भीर प्रश्न

    सरकारी सहभागिता रहेको संवेदनशील कार्यक्रममा श्रीनिवास आचार्य र विजय भण्डारीको उपस्थितिमाथि आयोजकसँग जवाफ माग काठमाडौं ।

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend