Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

आज इन्द्रजात्रा पर्व मनाइँदै


२१, भदौ २०८२
  • 146
    SHARES
  • आज इन्द्रजात्रा पर्व मनाइँदै

    काठमाण्डौ – वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । हरेक वर्ष भदौ शुक्ल चतुर्ददशीका दिन पर्ने यो पर्व काठमाण्डौ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका ठाउँमा मनाइन्छ ।

    भदौ शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि शुरू हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठदिनसम्म मनाउने चलन छ । भदौ शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रूपमा इन्द्रजात्रा मनाउने गरिएको हो ।

    इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रूपमा पनि इन्द्रजात्रालाई लिइन्छ । आजको दिन मुख्य रूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकाको गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा हेर्ने परम्परा छ । राजतन्त्र रहुञ्जेल राजाबाट श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा हेर्ने परम्परा थियो ।

    आज काठमाण्डौ उपत्यकाको पश्चिममा पर्ने दहचोकको इन्द्रदहमा रातभर जाग्राम बसी भदौ शुक्ल पूर्णिमाका दिन भोलि स्नान गरेर मेला भर्न भक्तजनहरूको घुइँचो लाग्छ । आज भदौ शुक्ल चतुर्दशीका दिन अनन्तनाथ (भगवान् विष्णु) को पूजा आराधना पनि गरिन्छ । यसैले यस दिनलाई अनन्त चतुर्दशी पनि भनिन्छ ।

  • विवादबीच आनी छोइङ डोल्माको स्पष्ट धारणा : लुम्बिनीको गरिमा र जिम्मेवारीबारे बहसलाई तथ्यका आधारमा बुझ्नुपर्ने

    काठमाडौ । लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएपछि विभिन्न प्रश्न र विवादको केन्द्रमा रहेकी आनी

  • महालक्ष्मीको पूजा र जाग्रामसँगै आज बडादसैँ समापन हुँदै

    काठमाडौं । नेपालीको महान् पर्व बडादसैँ आज कोजाग्रत पूर्णिमा मनाउँदै समापन गरिँदै छ। धनधान्य र

  • दसैँको टीकाको दोस्रो दिन पनि मान्यजनबाट आशीर्वाद लिने क्रम जारी

    काठमाडौँ। बडादसैँको टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट रातो टीका र जमरा ग्रहण

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend