Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

सोमबारको घटनाप्रति अमेरिकासहित ७ देशको ध्यानाकर्षण, अभिव्यक्ति स्वतन्त्रताको समर्थन


२४, भदौ २०८२
  • 112
    SHARES
  • सोमबारको घटनाप्रति अमेरिकासहित ७ देशको ध्यानाकर्षण, अभिव्यक्ति स्वतन्त्रताको समर्थन

    काठमाडौं– सोमबार काठमाडौं लगायत देशका विभिन्न भागमा भएको प्रदर्शनमाथि प्रहरीले गरेको दमनप्रति विभिन्न सातवटा देशका दूताबासले आफूहरुको ध्यानाकर्षण भएको बताएका छन् ।

    अमेरिका, बेलायत, जापान, अष्ट्रेलिया, फिनल्याण्ड, फ्रान्स र दक्षिण कोरियाका नेपालस्थित दूताबासले सोमबार साँझ संयुक्त वक्तव्य जारी गर्दै घटनाप्रति चिन्ता प्रकट गरेका हुन् ।

    ‘हामी काठमाडौं तथा नेपालका अन्य स्थानहरूमा देखिएका हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछौं’ दूताबासहरुको संयुक्त वक्तव्यमा भनिएको छ, ‘यी घटनाहरूका कारण ज्यान गुमाउने दुःखद अवस्था उत्पन्न भएको र कैयौं घाइते भएकोमा हामी संवेदनशील भएका छौं । पीडित परिवारजन, प्रभावित व्यक्तिहरूप्रति हामी हार्दिक समवेदना प्रकट गर्दछौं । साथै, घाइते सबैलाई शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।’

    संयुक्त वक्तव्यमा सात वटा देशले शान्तिपूर्ण सभा र अभिव्यक्तिको स्वतन्त्रताको सार्वभौमिक अधिकारप्रति आफ्नो दृढ समर्थन रहेको दोहोर्‍याएका छन् ।

    वक्तव्यमा अगाडि भनिएको छ, ‘हामी सबै पक्षलाई अधिकतम संयम अपनाउन, परिस्थितिलाई थप बिग्रिन नदिई शान्तिपूर्ण तरिकाले समाधान खोज्न तथा यी मौलिक अधिकारहरूको पूर्ण संरक्षण सुनिश्चित गर्न आग्रह गर्दछौं ।’

  • कर छली नियन्त्रणमा आन्तरिक राजस्व विभागको कडाइ, ३६० करदाताको विस्तृत अनुसन्धान हुने

    काठमाडौं । कारोबारलाई डिजिटल प्रणालीमा आबद्ध गर्दै कर छली नियन्त्रण, राजस्व चुहावट रोकथाम र अर्थतन्त्रलाई

  • त्रिभुवन विमानस्थलमा फेरि तनाव, दुर्गा प्रसाईँका समर्थक र प्रहरीबीच घम्साघम्सी

    काठमाडौं । झापाबाट काठमाडौं फर्किएका दुर्गा प्रसाईँलाई विमानस्थल परिसरमा सञ्चारमाध्यमसँग प्रतिक्रिया दिन प्रहरीले रोकेपछि त्रिभुवन

  • जेनजी सहिद स्मृति सभामा विवादित पात्रको उपस्थितिले उठायो गम्भीर प्रश्न

    सरकारी सहभागिता रहेको संवेदनशील कार्यक्रममा श्रीनिवास आचार्य र विजय भण्डारीको उपस्थितिमाथि आयोजकसँग जवाफ माग काठमाडौं ।

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend