Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

देशका धेरै कारागारबाट कैदीबन्दी भागे, सुरक्षामा चुनौती


२५, भदौ २०८२
  • 192
    SHARES
  • देशका धेरै कारागारबाट कैदीबन्दी भागे,  सुरक्षामा चुनौती

    काठमाण्डाै – देशका धेरै कारागारबाट कैदीबन्दी भागेका छन् । नख्खु कारागारबाट कैदीबन्दी बाहिरिएपछि शुरू भएको कैदीबन्दी बाहिरिने क्रम आज अबेरसम्म पनि चलेको छ ।

    नख्खुबाट झन्डै १ हजार ३ सय जना सबै कैदीबन्दी गएराति नै भागेका थिए । यस्तै सुन्धारामा रहेको कारागारबाट पनि झन्डै ३ हजार ३ सय जना कैदीबन्दी गएराति नै भागेका छन् ।

    डिल्लीबजार कारागारबाट भाग्न खोजेका कैदीबन्दीलाई भने सेनाले रोकेको छ । भाग्न खोजेकाहरूलाई सेनाले अन्यत्र लगेपछि भाग्न नचाहनेहरू त्यहीँ छन् ।

    डडेल्धुरा कारागारबाट भागेका ८५ कैदीबन्दीमध्ये ३३ जनालाई प्रहरीले पक्राउ गरेको छ । दाङको कारागारबाट भागेका ३ सय ३७ कैदीबन्दीमध्ये ४० जना पक्राउ परेका छन् ।

    वीरगञ्ज, धादिङ, काभ्रेलगायतका कारागारबाट भाग्न खोज्नेहरूलाई सेनाले रोक्न प्रयास गर्दा कतिपय ठाउँमा गोली चलेको छ । सोलुखुम्बु, कास्की, सुनसरी, रौतहट, मकवानपुर, म्याग्दीलगायतका जिल्लाबाट पनि कैदीबन्दी भागेका छन् ।

    सुदूरपश्चिमको बाजुराबाहेक सबै जिल्ला कारागारमा रहेका कैदीबन्दी भागेका छन् । हिजो बिहानको विवरण अनुसार देशभर झन्डै ३० हजार कैदीबन्दी थिए । जिल्लागत विवरण अनुसार अहिलेसम्म झन्डै एक तिहाइ कैदीबन्दी भागिसकेको अनुमान छ । तर अहिलेसम्म कति भागे र कति कारागारमै छन् भन्ने यकिन विवरण कारागार विभागमा पनि प्राप्त भएको छैन ।

    देशका विभिन्न कारागारबाट कैदीबन्दी निस्किएपछि सुरक्षा चुनौती बढेको छ । जेलबाट निस्कनेमा कुख्यात अपराधीहरूसमेत छन् । नख्खु, कैलाली कारागारबाट निस्केका केही कैदीहरूले अदालत र सरकारी वकिल कार्यालयहरूलाई लक्षित गरी आक्रमणको प्रयास गरेका छन् । यस्तै निजी सम्पत्ति लुटपाट र आगजनीको जोखिमसमेत बढेको छ ।

  • कर छली नियन्त्रणमा आन्तरिक राजस्व विभागको कडाइ, ३६० करदाताको विस्तृत अनुसन्धान हुने

    काठमाडौं । कारोबारलाई डिजिटल प्रणालीमा आबद्ध गर्दै कर छली नियन्त्रण, राजस्व चुहावट रोकथाम र अर्थतन्त्रलाई

  • त्रिभुवन विमानस्थलमा फेरि तनाव, दुर्गा प्रसाईँका समर्थक र प्रहरीबीच घम्साघम्सी

    काठमाडौं । झापाबाट काठमाडौं फर्किएका दुर्गा प्रसाईँलाई विमानस्थल परिसरमा सञ्चारमाध्यमसँग प्रतिक्रिया दिन प्रहरीले रोकेपछि त्रिभुवन

  • जेनजी सहिद स्मृति सभामा विवादित पात्रको उपस्थितिले उठायो गम्भीर प्रश्न

    सरकारी सहभागिता रहेको संवेदनशील कार्यक्रममा श्रीनिवास आचार्य र विजय भण्डारीको उपस्थितिमाथि आयोजकसँग जवाफ माग काठमाडौं ।

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend