Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

गान्धी स्मृतिदिवसमा ‘गान्धी टक्स’ फिल्म विशेष प्रदर्शन हुँदै


१९, पुस २०८२
  • 121
    SHARES
  • गान्धी स्मृतिदिवसमा ‘गान्धी टक्स’ फिल्म विशेष प्रदर्शन हुँदै

    काठमाडौँ  । निर्देशक किशोर पाण्डुरंग बेलेकर फिल्म ‘गान्धी टक्स’को टिजर सार्वजनिक भएको छ । महात्मा गान्धीको स्मृतिदिवस पारेर आगामी ३० जनवरी ०२६ मा फिल्म प्रदर्शनमा आउने तय भएको छ । फिल्मलाई किशोरले नै लेखेका हुन् ।

    फिल्ममा एआर रहमानको संगीत छ । यो फिल्म सन् २०२३ मा गोवामा आयोजित अन्तर्राष्ट्रिय फिल्म महोत्सव मा प्रदर्शन हुने पहिलो मूक फिल्मसमेत बनेको थियो । क्लासिक माध्यमलाई आधुनिक दृष्टिकोणबाट प्रस्तुत गरिएको यस फिल्मले मूक सिनेमाप्रति नयाँ पुस्ताको ध्यान खिच्ने अपेक्षा गरिएको छ ।

    ‘गान्धी टक्स’ एक ‘साइलेन्ट ब्ल्याक कमेडी’ हो । कथाको केन्द्रमा महादेव नामका युवा छन् । जो बेरोजगार छन् । उनी जसरी पनि जागिर पाउने आशामा छन् । यही क्रममा उनको भेट एक व्यापारी (अरविन्द स्वामी) र चोर (सिद्धार्थ जाधव)सँग हुन्छ । फिल्ममा संवादभन्दा बढी संगीत, हाउभाउ र दृश्यात्मक अभिव्यक्ति मार्फत् कथा अघि बढ्छ ।

    टिजरमा विजय सेतुपति हातमा हँसिया बोकेको गम्भीर अवतारमा देखिन्छन् । अदिति राव हैदरी भने पहेँलो पोशाकमा बाल्कोनीमा मौन उभिएकी देखिन्छिन् । फिल्ममा विजयको अभिनयलाई लिएर पनि दर्शकहरूको प्रतीक्षा बढिरहको छ ।

  • लोकदोहोरी प्रतिष्ठानको अध्यक्षमा पशुपति शर्मा निर्विरोध निर्वाचित

    काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा

  • नाना पाटेकरको निधन : भारतीय सिनेमाले गुमायो प्रभावशाली कलाकार

    काठमाडौँ । बलिउड तथा मराठी सिनेमाका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको

  • ९० दिनको छायाङ्कनपछि ‘जुबा’ तयार, सौगातसँगै डेब्यु गर्दै सोफी

    काठमाडौँ । अभिनेता सौगात मल्लको मुख्य भूमिका रहेको चलचित्र जुबा को छायाङ्कन सम्पन्न भएको छ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend